भक्तपुरमा भूकम्पपीडितको लगत सङ्कलन सुरु

ENGLISH

भक्तपुरमा भूकम्पपीडितको लगत सङ्कलन सुरु

24 July, 2016 | Bhawana Pathak | 935 Views | comments

vukumpa-punभक्तपुरमा हिजोदेखि भूकम्पपीडितको पुनःसर्वेक्षण (लगत सङ्कलन) कार्य सुरु भएको छ ।

गत ४ गतेदेखि नै लगत सङ्कलन गर्ने भनिए पनि सबै नगरपालिकाबाट भूकम्पपीडितको तथ्याङ्क नआइपुगेकाले चार दिन ढिलो गरी सर्वेक्षण सुरु गरिएको जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय भक्तपुरका निर्देशक धु्रवरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यका लागि शनिबारदेखि छवटै नगरपालिकाका विभिन्न वडामा समूह बनाएर इन्जिनियरसहितको टोली गाउँ गाउँ गएको उहाँले जानकारी दिनुभयो ।

पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य सम्पन्न गरिसके पनि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा भने बाँकी थियो ।

लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१, सामाजिक परिचारक १२१ र प्रति १० जना सामाजिक परिचारक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिएको छ ।

आगामी ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्यमा भूकम्पपछि गरिएको लगत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गरिने भएको छ । बज्राचार्यले भन्नुभयो – “भूकम्पपीडितको परिचयपत्र लिएकाहरु र विगतका सर्वेक्षणमा नाम छुटेकाहरुको घर घरमा गएर पुनः सर्वेक्षण गरेर लगत सङ्कलन गरिन्छ ।”

भूकम्पपीडितमध्ये नयाँ घर बनाइसकेकाको पनि भूकम्पले भत्काएका घरको तस्बिरका आधारमा सर्वेक्षण गरिने भएको छ ।

भूकम्पपीडितको नामावली छुटेकाहरुले भक्तपुरका छ वटा नगरपालिकामध्ये आफ्ना सम्बन्धित नगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्था गरेअनुसार नगरपालिकामा आएका निवेदनका आधारमा छुटेका भूकम्पपीडितको घरमै गएर सर्वेक्षण गरिने भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भूकम्पपीडितको परिचयपत्र लिएका र नगरपालिकामा नाम छुटेर आवेदन आएका पीडितको पुनः लगत सङ्कलन सुरु भएको बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK