‘ब्लड-मनी’ बुझाएमा अमर बमलाई मृत्युदण्ड नहुने

ENGLISH

NRN GLOBAL

‘ब्लड-मनी’ बुझाएमा अमर बमलाई मृत्युदण्ड नहुने

29 September, 2015 | Sandeep Bhattarai | 715 Views | comments

bamएक भारतीय नागरिकको हत्या अभियोगमा १२ बर्षदेखि संयुक्त अरब इमिरेट्स(युएइ)को दुबइस्थित कारगारमा थुनामा रहेका दार्चुलाका अमरबहादुर बमले मृतक व्यक्तिको परिवारलाई ‘ब्लड-मनी’ बुझाएमा मृत्युदण्डबाट छुट्कारा पाउन सक्ने एक बरिष्ठ युएइ अधिकारीले बताएका छन् ।

न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभाको साइडलाइनमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसाग भेटवार्ता गर्दै युएइका विदेश मन्त्री अब्दुल्लाह बिन जाइद अल-नहृ्यनले ‘नेपाली नागरिक बमले ब्लड-मनी बुझाएपछि मात्रै आममाफी पाउन सक्ने’ जानकारी गराएका हुन् । न्यूयोर्कस्थित कान्तिपुर प्रतिनिधिले दिएको जानकारीमा दुबइ कारागारमा रहेका र मृत्युदण्ड तोकिएका ३८ बषिर्य बमका बारे जिज्ञासा राख्नासाथ युएइ विदेशमन्त्रीले ‘मृतक परिवारलाई ब्लड-मनी बुझाएको खबर आउनासाथ बमलाई जेलमुक्त गर्न कानूनी प्रकृया थाल्न सकिने’ आश्वासान दिएका थिए ।

दार्चुलाको धारी गाविस ३ का अमरबहादुर बम सन् २००२ को डिसेम्बर २३ मा भारत हुादै दुबइ गएका थिए । भारतीय मार्बल कम्पनीको मालिकले युएइमा राम्रो रोजीरोटी दिलाउने भनेर लगेकोमा दुबइ उत्रिएको एक महिनामैं उनी भारतीय नागरिक शरद सेठ्ठीको हत्या अभियोगमा पक्राउ परेका थिए । भारतीय दुइ ब्यापारीको निजी सवारी चालक रहेकै अवस्थामा बुर-दुबइस्थित एक इण्डियन क्लबमा भएको हत्या प्रकरणमा चालक बमसहित अरु तीनजना भारतीय जेल चलान भएका थिए ।

आफूले अरबी बोलचाल र लेखिएको कागजी भाषा समेत नबुझेकाले दुबइको प्रारम्भिक अदालतमा भारतीय नागरिकको हत्यामा संलग्न रहेको भन्दै बयान दिएको बमले बताउादै आएका थिए । ‘तर अमरबहादुर परिबन्दमा परेको हो,’थुनामा रहेका भारतीय नागरिकले अर्को बयानमा भन्दै आएका छन्-‘अमर हत्यामा संलग्न छैन ।’ समाचारअनुसार, उक्त हत्या घटनामा भारतीय नागरिक मनोज मुदन्ना कुक्यिन, राजपुत करनसिंह नरसिंह र स्मिथ भासा कुलत बुनाबानसमेत कारावास सजाय बेहोरिरहेका छन् ।

अमरलाई आममाफी दिलाउन युएइस्थित नेपाली समाजका प्रतिनिधिको आग्रहमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले पनि युएइ सरकारलाई आग्रह-पत्र लेखिसकेका छन् । तर, ब्लड-मनी बुझाएमा बमले आममाफी पाउन सक्ने सूचना युएइ सरकारको उच्चपदस्थबाट पहिलोपटक आएको हो ।

कान्तिपुर दैनिक 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK