ब्लडमनी तिर्न नसकेर नेपाल फर्कन नपाएका टोपबहादुरलाई एनआरएनले १० प्रतिशत सहयोग गर्ने

ENGLISH

ब्लडमनी तिर्न नसकेर नेपाल फर्कन नपाएका टोपबहादुरलाई एनआरएनले १० प्रतिशत सहयोग गर्ने

13 February, 2018 | Kabi Adhikari | 2245 Views | comments

ब्लडमनी तिर्न नसकेर घर फर्कन नपाएका चितवन खैरेनीका टोपबहादुर विकको गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदले १० प्रतिशत सहयोग गर्ने भएको छ ।

एन आर एन ए

टोपबहादुरको लागि कुल रकमको दश प्रतिशत करिब २ लाख ८० हजार नेपाली रुपैयाँ सहयोग गर्ने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताए । उनका अनुसार एनआरएन मध्यपुर्व संयोजक आरके शर्मा, उपसंयोजक गोपाल कँडेल, आइसिसि सदस्य ठाकुर ढुंगाना, चित्र केसी र मनोज कुमार श्रेष्ठको विषेश पहलमा आइसिसिले उक्त निर्णय गरेको थियो ।

टोपबहादुर युएईको अल एनमा रहेको लिमा कन्ट्राक्टीङ्ग एलएलसीमा कार्यरत थिए । करीब ४ बर्ष पहिले (२ जुन २०१४) मा काम गर्ने शिलशिलामा क्रेन दुर्घटना भएको थियो । उक्त क्रेनबाट लडेर २ जना थाइल्याण्डका नागरिकको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै क्रेन अपरेटर पाकिस्तानी नागरिक र हेल्परको रुपमा रहेका टोपबहादुर लाई ४ महिना २२ दिन जेल जीवनमसते विताइसकेका छन् ।

युएईको अदालतले मृतकका परिवारलाई ब्लडमनीस्वरुप ४ लाख युएई दिराम दिनुपर्ने फैसला गरेको थियो । जसमध्ये २ लाख दिराम उनले काम गरेको लिमा कम्पनीले, क्रेन अपरेटर (पाकिस्तानी नागरिक) र टोपबहादुरले एक-एक लाख ( करिब २८ लाख नेपाली रुपैयाँ) दिनु पर्ने फैसला गरेको थियो । उक्त ब्लडमनी तिर्न नसक्दा टोपबहादुर घर फर्कन पाएका छैनन् ।

गैर आवासिय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठले दुतावास मार्फत पनि उनको उद्दारको लागि पहल भइरहेको बताए । कार्यबहाक राजदुतलाई भेटेर उनको लागि निवेदन गरेको र दुतावासले पहल गर्ने आश्वासन दिएको बताए । – नयाँ पत्रिकाबाट ।

साउदीको जेलमा सात नेपाली, ‘ब्लडमनी’ तिर्न नसक्दा जीवनमरणको दोसाँधमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK