‘ब्लडमनी’को अभावमा युएईमा मृत्यु कुर्दै जोगी

ENGLISH

NRN GLOBAL

खड्गबहादुर जोगी

‘ब्लडमनी’को अभावमा युएईमा मृत्यु कुर्दै जोगी

कुलचन्द फोम्बो, युएई

4 October, 2018 | Sandeep Bhattarai | 5020 Views | comments

 खड्गबहादुर जोगीतेह्रथुम फेदाप गाउँपालिका २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए।

परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात पर्यो । आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो। अहिले आबुधावी जेलमा उनको ४ वर्ष ७ महिना पुग्यो। अब उनी रिहा हुन ५ महिना बाँकी छ। तर उनले ब्लडमनी स्वरूप ६२ लाख मृतक फिलिपिनी नागरिकको परिवारलाई बुझाउन नसके मृत्युदण्ड भोग्नुपर्नेछ।

फिलिपिनी बचाउन खोज्दा जेलमा

२०१४ अगस्ट २० मा खड्गबहादुर कम्पनीका सहकर्मी (एक फिलिपिनाे, दुई पाकिस्तानी)सँग कार्यस्थलतिर गइरहेका थिए। त्यसक्रममा पाकिस्तानीले प्रार्थना गर्ने भन्दै बीच बाटोमा गाडी रोक्न लगाए र उनीहरु (चालकसहित) प्रार्थना गर्न निस्किए। गाडीमा फिलिपिनाे र खड्गबहादुर थिए। खड्गबहादुर अगाडि सीटमा थिए भने फिलिपिनो पछाडि थिए। केही समयपछि लुकिङ ग्लास (छेउको ऐना)मा खड्गबहादुरको नजर प-यो। त्यहाँ उनले फिलिपिनो गाडीको पछाडि सडकमा छट्पटाइरहेको दृश्य देखे। तत्कालै उनी ओर्लिएर आफ्नो कम्पनीमा फोन गरेर फिलिपिनोको अवस्थाबारे जानकारी गराए। कम्पनीले अस्पताल लैजान निर्देशन दियो। उनले आफै गाडी हाँकेर अस्पताल पु-याए। उपचारको क्रममा राति १२ बजे फिलिपिनाेकाे निधन भयो। त्यसपछि प्रहरीले उनलाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेर हिरासतमा लियो। मुद्दा अदालतसम्म पुग्यो। उच्च अदालतले उनलाई हत्या गरेको आरोपमा दोषी ठह-याई ५ वर्ष कैद र २ लाख दिराम जरिवानाको फैसला सुनायो। सडकमा छट्पटाइरहेका आफ्नै सहकर्मी फिलिपिनोलाई बचाउन खोज्दा खड्गबहादुर आफै फसे।

ब्लडमनी जुटाउँदै ‘खड्गबहादुर जोगी बचाउ’ अभियान

उनी अहिले आबुधावीको एक जेलमा ५ वर्षे सजाय काटिरहेका छन्। उनी अब जेलमा बस्नुपर्ने अवधि धेरै छैन्। अदालतको फैसलाअनुसार उनी ६ मार्च २०१९ मा रिहा हुनुपर्छ। तर, त्यसका लागि समयमै ब्लडमनी बुझाउनुपर्ने हुन्छ। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण केही पैसा कमाउन विदेशिएका जोगीले ब्लडमनी वाफतको ६२ लाख रुपैयाँ जुटाउन सक्ने अवस्था छैन्।

उनलाई बचाउन तेह्रथुमका समाजसेवी, बुद्धिजिवी, परिवारका सदस्य, सामाजिक संघसंस्था लगायत सहयोग संकलनमा जुटेका छन्। उनीहरुले दुर्गाप्रसाद गिरीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरी ‘खड्गबहादुर जोगी बचाउ’ अभियान नै सञ्चालन गरेका छन्।

यो अभियान अन्तर्गत ५ लाख रुपैयाँ संकलन गरिसकेका छन्। यो पैसा नेपाल बैंकको खातामा राखिएको छ। जोगीका छिमेकी छत्र रिमालका अनुसार फेदाप गाउँपालिकाबाट ३ लाख रुपैयाँ, जिल्लाका बाँकी ५ स्थानीय तहबाट २/२ लाख गरी १० लाख संकलनको प्रक्रियाको अघि बढाइएको छ।

त्यस्तै, तेह्रथुमसँग जोडिएका विभिन्न व्यक्ति र सामाजिक संस्थाबाट २० लाख, काठमाडौं र तराईका जिल्लाबाट १० लाख, कतार, दुबई, कुवेत, इजरायल लगायत प्रवासी नेपालीबाट १० लाख संकलन गर्ने ‘खड्गबहादुर जोगी बचाउ’ अभियानको योजना छ।

छिमेकी रिमालका अनुसार कोरियामा बस्दै आएको प्रवासी नेपाली हेम थापाले २ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कानुनी सहायताका लागि सहयोग गर्न माग गर्दै निवेदन दिइएको रिमालले बताए। ‘बोर्डबाट कानुनी सहायताका लागि १५ लाख जति पाइँदो रहेछ, हामीले निवेदन दिएका छौं’, उनले भने, ‘सहयोग पाइने सकारात्मक जवाफ पाएका छौं। देशविदेशमा आर्थिक सहयोग जुटाउन लागिपरेका छौं। जोगीलाई ब्लडमनी तिरेर भए पनि बचाई छाड्छौं।’

यस्तै तेह्रथुम समाज युएईले पनि जोगी बचाउ अभियान सञ्चालन गरेर आर्थिक सहयोग संकलन गरिरहेको छ। समाजका अध्यक्ष पीएस निङ्गलेकुका अनुसार आबुधावीस्थित नेपाली राजदूतावास, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र अन्य संघसंस्थासँग समन्वय गरेर आर्थिक संकलन जुटाउने कार्य भइरहेको छ। तेह्रथुम सरोकार समाजका अध्यक्ष मोहन डाँगीले पनि जोगीलाई बचाउन अर्थ संकलन कार्य भइरहेको बताए।

५ वर्षअघि धन कमाउन युएई गएका जोगीको परिवारमा आमा बुवा, श्रीमती र दुईटा छोरी छन्। घरको एक मात्र कमाउने खड्गबहादुर जेल परेपछि उनको परिवार आर्थिक संकटमा छ।

नागरिकबाट

ब्लडमनी तिर्न नसक्दा प्रशान्तको नेपाल फिर्ता अनिश्चित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

मसल मोडल प्रतियोगिता

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ पदक

१३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी...

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

सम्मान र भाषण बिना कार्यक्रम भव्यरुपमा सम्पन्न गत अक्टोबर...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK