‘ब्रेन ट्युमर’ पीडित आचार्यलाई जापानबाट संकलित रकम पठाईयो

ENGLISH

NRN GLOBAL

‘ब्रेन ट्युमर’ पीडित आचार्यलाई जापानबाट संकलित रकम पठाईयो

27 November, 2017 | Sandeep Bhattarai | 705 Views | comments

सहयोग

ब्रेन् ट्युमर भएर हाल काठमाडौं स्थित न्युरो अस्पताल गोल्फुटारममा उपचाररत कास्की भरतपोखरी-८ का सरोज आचार्यलाई जापानबाट दुई लाख एघार हजार तिन सय नब्बे जापनिज येन (नेपाली एक लाख एकानब्बे हजार एक रुपैयाँ- १९१००१) नेपाल पठाइएको छ ।

विशेष गरी जापानमा रहेका कस्केली र अन्य केही मित्रहरुबाट संकलित रकम शनिबार नेपाल पठाइएको टोकियोबाट कृष्ण अधिकारीले जानकारी दिए । हामीले संकलन गरेको रकम पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले र पत्रकार आनन्द कोइरालाको उपस्थितिमा जापान मनी एक्सप्रेसका राजन श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । संकलित रकममा नपुग र रेमिट चार्ज गरि जापान मनि एक्प्रेसले २४५६ येन थपेको थियो |

हाम्रै साथी, भाई-दाई जिबन मरणको दोसाँधमा रहेका र न्युरो अस्पतालमा उपचार गराइरहेका आचार्यलाई सम्पूर्ण दाजु- भाई दिदी बहिनीहरुलाई सहयोगको अनुरोध गरेका थियौ सोही अनुरुप सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनु भयो, उनले भने । सो सहयोग रकम नेपाल जापान डट कमको अफिसियल बैंक एकाउन्ट मार्फत संकलन गरिएको थियो |

जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरु मार्फत उठेको रकम नेपाल स्थित आचार्यकी श्रीमती सन्तोषी पौडेल आचार्यको नबिल बैंकमा जम्मा गरिने गरि पठाईएको जनाइएको छ | संसारभर रहेका नेपालीहरुबाट आर्थिक सहयोगको अपेक्षा बिगत एक बर्ष देखि ब्रेन ट्युमरको बिमारी छन । अघिल्लो बर्ष भारतको मेदान्त अस्पतालमा पहिलो चरणको उपचार गरेर फर्केका अचार्यलाई पुन सोहि व्यथाले च्यापे पछि अहिले सबै नेपालीको सहयोगको अपेक्षा गरेका थिए ।

त्रिभुवन विश्व विद्यालय किर्तिपुरबाट ब्यबस्थापनमा स्नातकोत्तर गरेका आचार्य पारिबारिक आर्थिक स्थितिका कारण कोरियामा पुगेका थिए । तर दु:खको कुरा उनलाई त्यहि विदेशी भूमिमा त्येस्तो रोग देखियो । पहिलो पटकको उपचार पछि सामान्य बनेपछि पुन कोरिया आएका उनलाई काम गर्न अफ्ठ्यारो भएपछि तीन साता अघि मात्र नेपाल फर्केका थिए ।

यो सहयोगमा सहयोग गरिदिनु हुने महानुभाबहरुको नामावली यस प्रकार रहेको छ ।

सहयोग

ब्रेन ट्युमर भएका बालकलाई प्रवासीको सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK