‘ब्रेकअप’का लागि आशिरमान १५ लाखमा अनुवन्धित

ENGLISH

ENTERTAINMENT

‘ब्रेकअप’का लागि आशिरमान १५ लाखमा अनुवन्धित

31 May, 2017 | Bipin Acharya | 665 Views | comments

गएको वर्ष प्रदर्शनमा आएको अनमोल केसी स्टारर फिल्म ‘गाजलु’ बाट सफलताको स्वाद चाखेका निर्माता रोहित अधिकारीको दोस्रो प्रोजेक्ट ‘ब्रेकअप’ मा ‘ग्याङस्टार ब्लुज’ का नायक आशिरमान देशराज श्रेष्ठ अनुवन्धित भएका छन् ।

भदौको दोस्रो साताबाट फ्लोरमा जान लागेको यो फिल्मका लागि १५ लाखमा आशिरमानलाई अनुवन्धित गरेको निर्माता अधिकारीले जानकारी दिए । उनले भने, ‘मैले ‘ग्याङस्टार ब्लुज’ को सुटिङ सेटमै गएर आशिरमानको काम हेरेको थिएँ । मलाई उसको काम निकै राम्रो लाग्यो । ‘ग्याङस्टार ब्लुज’ रिलिज भएपछि हुने उसको माग र चर्चालाई हेर्दै मैले ‘ब्रेकअप’ मा आशिरमानलाई अनुवन्धित गरेको हुँ । १३ लाख पारिश्रमिक, १ लाखको कस्टुम र फिल्म हिट भए १ लाख थप गर्ने सम्झौतासहित आशिरमानलाई १५ लाखमा फाइनल गरेको हुँ ।’

कूल २ करोड ३० लाखको लागतमा निर्माण हुने यो फिल्मलाई हेमराज विसीले निर्देशन गर्नेछन् । रोहित अधिकारीको पहिलो फिल्म ‘गाजलु’ लाई पनि हेमराजले नै निर्देशन गरेका थिए भने ‘ग्याङस्टार ब्लुज’ पनि उनकै निर्देशनमा तयार भएको हो । ‘ब्रेकअप’ का लागि निर्माता रोहित अधिकारीले निर्देशक हेमराज विसीलाई २५ लाखमा फाइनल गरेका हुन् ।

फागुन ४ गतेलाई रिलिज डेट लक गरिएको ‘ब्रेकअप’ का लागि हालसम्म नायिकाको टुंगो भने लागेको छैन् । यस विषयमा निर्माता अधिकारी भन्छन्, ‘आशिरमानलाई जोडी सुहाउने नायिकाको खोजीमा छौं । ‘गाजलु’ मा सृष्टि श्रेष्ठलाई डेब्यू गराएँ अब ‘ब्रेकअप’ बाट नयाँ नायिकालाई लञ्च गर्दैछु ।’ नाम्चे, बेशक्याम्प लगायतका ठाउँमा छायांकन हुने फिल्मको सुटिङ सेड्यूल ५० दिनको रहेको छ । रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस् को संयुक्त ब्यानरमा बन्ने यो फिल्ममा दिपक खतिवडा र रुपक थापा पनि निर्माताको रुपमा छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK