ब्रिटिस अभिनेत्रीको नारी दिवस नेपाली महिलासँग

ENGLISH

ENTERTAINMENT

ब्रिटिस अभिनेत्रीको नारी दिवस नेपाली महिलासँग

9 March, 2018 | Kabi Adhikari | 2335 Views | comments

नेपालीसँग ज्यादै निकट छिन् चर्चित ब्रिटिस अभिनेत्री जोआना लुम्ले । अझ भूपू गोर्खाहरु त उनलाई भगवान झैं र नेपाली चेली ठान्छन् । कारण, गोर्खाहरुको आवासीय अधिकार आन्दोलनमा अग्रमोर्चामा उभिएर उनले दरो साथ दिएपछि बेलायत सरकार उनीहरुलाई आवासीय अधिकार दिलाउन वाध्य भयो सन् २००९ मा ।

british-women-nepali-women

तिनै अभिनेत्रीले नेपालमा महाभूकम्प गएपछि ‘डिइसी नेपाल अर्थक्वेक अपिल’ मा कारुणिक अनुनय गरेर अर्बौं सहयोग उठेको समाचार आएको थियो।

सधैं ‘लाइमलाइट’ मा रहिरहने अभिनेत्री जोआनाले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस नेपाली महिलाहरुका साथ मनाइन्। बुधबार दिउसो लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा राष्ट्रिय पोशाक सारी र गरगहनामा सजिएका सयौं महिलाहरुबीच घेरिइन् उनी। नेपालीको न्यानो आतिथ्यले दंग थिइन् जोआना।

कार्यक्रमलाई सम्वोधन गर्दै लुम्लेले अहिले संसारभरि नै महिला विरुद्धका सबैखाले विभेद अन्त्य गरिनुपर्ने माग भइरहेको बताइन्। ‘यहाँ पश्चिममा महिलाहरुले आफूलाई पुरुष सरह व्यवहार गरिनु पर्ने कुरामा जोडदिइरहेका छन्’, उनले भनिन्, ‘समाजका सबै क्षेत्रमा महिला र पुरुषहरुबीच समझदारी आवश्यक छ।’

उनले शिक्षाका कारण नै ब्रिटेन अगाडि बढेको भन्दै बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायलाई यहांको शिक्षा प्रणालीबाट अत्यधिक लाभ उठाउन एवं स्वास्थ्य र खानामा ध्यानदिन सुझाव दिइन्।

उनले सन् २००८, ०९ देखि नै आफूले ब्रिटेनमा गोर्खाहरुको हकहितका लागि आवाज उठाउँदै आएको र गोर्खालीलाई बेलायतमा बसोबास गर्न दिने अभियानमा सानो भएपनि भूमिका निर्वाह गर्न पाएकोमा खुसी लागेको बताइन्। यसका लागि अपरिचितहरुले समेत आएर आफूलाई धन्यवाद दिएको उनले स्मरण गरिन्।

‘ब्रिटेनमा गोर्खाहरुप्रति ठूलो सम्मान छ’, लुम्ले भावुक भइन्, ‘गोर्खा सैनिकहरुले ब्रिटेनका लागि गरेको बलिदान हरेक ब्रिटिश नागरिकको मुटुमै गडेको छ।’

कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना सहित गोर्खाहरुको वीरता प्रशंसा गर्दै गोर्खाले बेलायत नेपाल सम्बन्ध अझ मजबुत बनाएको बताए। राजदूत सुवेदीले वर्षमा तीज र नारी दिवस गरी दुई पटक दूतावासमा महिलाका लागि मात्र कार्यक्रम गर्न थालिएको बताए।

‘म दूतावासलाई नेपाली महिलाहरुको ‘माइतीघर’ बनाउन चाहन्छु’ उनले भने। कार्यक्रममा राजदूतले जोआनालाई मायाको चिनो प्रदान गरे।

राजदूत पत्नी पुनमराज्य लक्ष्मी सुवेदीले स्वागत मन्तव्य दिंदै सबै नारीलाई एकत्रित गराउने सवालमा नारी दिवसले मद्दत गर्ने उल्लेख गरिन्। उनले जोआनाले गोर्खाहरुका लागि ठूलो गुन लगाएको पनि सम्झिइन्।

कार्यक्रममा चर्चित गायिका मिरा राणाले ‘जहां गाए पनि…’ र ‘मखमली चोलो…’ बोलको गीत गाएर जोआनालाई स्वागत गरेकी थिइन्।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नाच समेत प्रस्तुत गरियो।गायिका मथुरा श्रेष्ठले पनि गीत सुनाइन् भने अमृता गिरी गजुरेल, आस्था जोशी, आयुशा श्रेष्ठ, अनु श्रेष्ठ, सौरभी दाहाल, संगीता मगर, सिम्मी पुन र दिक्षा सुनुवारले नाच देखाए। साना बालिकाहरु दिब्या र काब्याले ‘वनमा फुल…’ मा देखाएको नाचले सबैको ध्यान खिचेको थियो। कार्यक्रम समापनपछि सहभागी महिला जोआनासित काका कुल झैँ भाको छ…गीतमा सामूहिक नाचे।

कान्तिपुर दैनिकबाट ।

ब्रिटिस आरोही लन्डन दूतावासमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK