ब्रिज द ग्याबद्वारा नेपालको लमजुङमा बन्यो स्कूल

ENGLISH

NRN GLOBAL

ब्रिज द ग्याबद्वारा नेपालको लमजुङमा बन्यो स्कूल

15 October, 2017 | Bipin Acharya | 3095 Views | comments

अस्ट्रेलियामा क्रियाशील नेपालीहरुको सामाजिक सँस्था ब्रिज द ग्याबले नेपालको लमजुङ जिल्लामा भूकम्पबाट भत्केको बिद्यालय भवन निर्माण गरेको छ ।

अस्ट्रेलियामा स्वयामसेवक परिचालन, सामाजिक कार्यक्रम तथा सहयोगी सँस्था सँगको सहकार्यमा झन्डै ५० हजार अस्ट्रेलियन डलरमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

लमजुङको शारदा निम्न माध्यमिक बिद्यालयको भवन निर्माण लगायत मर्मतका काममा ब्रिज द ग्याबले स्थानीय क्यान्टबरी चर्च , द श्रेष्ठ वेलफेयर सोसाइटी , स्पुर इन्जिनीअरिंग र अस्ट्रेलिया को चर्चित यूनिभार्सिटी अफ न्यू साउथ वेल्सका प्राज्ञहरुको सहकार्यमा गरेको थियो ।

भूकम्पबाट क्षतबिक्षत् भएको उक्त विद्यालयका भिन्न संरचना निर्माण तथा मर्मतका लागि यो सवयमबी सँस्थाले अर्थ संकलनका विभिन्न उपाय अपनाएको थियो ।

जसमा गत वर्षको दशैंका बेला नेपालबाट लोकप्रिय हास्य कलाकार मनोज गजुरेल तथा गायिका इन्दिरा जोशीलार्इ उक्त सँस्थाले सिड्नी बोलाएको थियो ।

उनीहरु को उपस्थितिमा भएको साँस्कृतिक कार्यक्रमबाट १७ हजार भन्दा बढी अस्ट्रेलियन डलर जम्मा भएको उक्त सँस्थाद्वारा जारी बक्तब्यमा उल्लेख छ ।

रकम संकलनका लागि उक्त सँस्थाका स्वयमसे वकहरुले अस्फिल्डको बन्निंगमा दिउँसोको खाजाहरु बेचेका थिए । जहाँबाट उनीहरुले २० हजार अस्ट्रेलियन डलर संकलन गरे । त्यस्तै स्थानीय क्यान्टबरी चर्चले आफ्नो लभ नेपाल कार्यक्रम अन्तर्गत १२ जहार बढी रकम उक्त सँस्थालार्इ प्रदान गर्यो ।

बक्तव्यमा सबैतिर बाट ४९ हजार ५ सय १३ अस्ट्रेलियन डलर जम्मा भएको र उक्त रकमबाट नेपालमा समाजसेवी कामहरु गरिएको हो ।

सोही सँस्थाले गत वर्ष ७० जना गरिब परिवारका विद्यार्थीलार्इ आर्थिक सहयोग , भूकम्पपछि स्वास्थ्य शिबिर संचालन , राजधानी काठमान्डू को आकाशगंगा स्कूलमा पुस्तकालय का लागि रकम प्रदान गरेको थियो ।

आफ्ना स्वयमसेवक तथा सदस्यहरुलाई प्रत्येक वर्ष दशैँ तथा तिहारका अवसरमा मनोरन्जनात्मक कार्यक्रम पनि गर्दै आएको उक्त सँस्थाले यो वर्ष निःशुल्क रात्रि भोजसहित नाचगानको आयोजना गर्यो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK