ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन, राष्ट्रपतिद्वारा सेनालाई परिचालन हुन आदेश

ENGLISH

WORLD

ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन, राष्ट्रपतिद्वारा सेनालाई परिचालन हुन आदेश

25 May, 2017 | Sandeep Bhattarai | 695 Views | comments

ब्राजिल

ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् ।

तनावग्रस्त राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न भनी राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिनु भएको छ । प्रदर्शनकारीहरुको प्रमुख माग राष्ट्रपति टेमरको राजिनामा वा बरखास्ती रहेको छ । राजधानी ब्राजिलियामा दशौं हजार जनताको एक बिशाल जुलूसले नाराबाजी गर्दै यहाँ अवस्थित संसद भवन घेराउ गरेका छन् ।

राष्ट्रपति टेमरले केही समय अघि लागु गर्नु भएको आर्थिक सुधारका कार्यक्रमप्रति कडा बिरोध जनाउँदै जन प्रदर्शन भएको र उहाँ स्वयं भ्रष्टाचारको काण्डमा मुछिएको आरोप लगाउँदै तत्काल राजिनामाको माग गरिएको हो । प्रदर्शनकारीहरुले राजधानीका कतिपय सडकहरुमा टायर बालेर, घुम्ती (मोबाइल) शौचालयका छाप्राहरु तेस्र्याएर दङ्गा नियन्त्रण गर्न खटिएका प्रहरीहरुको मार्ग अवरुद्ध पारेका छन् ।

आक्रोशित प्रदर्शनकारीहरुले कृषि मन्त्रालयमा आगजनी गरेका र प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न अर्ध–सैनिक प्रहरीहरुले हावामा बन्दूक पड्काएका र ठाउँ ठाउँमा अश्रु ग्याँस हानेका दृश्यहरु स्थानीय सञ्चार माध्यमहरुले भिडियो क्यामेरामा खिचेर सार्वजनिक गरेका छन् ।

एक ठाउँमा गोली लागेर एकजना प्रदर्शनकारी घाइते भै ढलेको देखिएको तर सो गोली कसले हानेको हो सो पुष्टि भै नसकेको जनाइएको छ । सैनिक वा प्रहरीलाई गोली हान्ने आदेश नदिएकोमा यस्तो घटना हुन गएकोमा अनुसन्धान भै रहेको भन्दै सरकारी जन सुरक्षा सचिबालय पन्छिएको छ । उग्र जनप्रदर्शनबाट उत्पन्न यस जोखिमपूर्ण अवस्थामा राष्ट्रपतिको कार्यालय र निवास परराष्ट्र मन्त्रालयलगायत सरकारी संघीय भवनहरुका सुरक्षाका लागि सेनाले पहरा दिएको तर आन्दोलनकारीहरुमाथि गोली हान्ने आदेश नदिएको भनी राष्ट्रका नाममा गरेको एक छोटो सम्बोधनको क्रममा रक्षा मन्त्री राउल जङ्गम्यानले बताएका छन् ।

ब्राजिलको अर्को ठूलो महानगर रियो डि जानेरोमा पनि राष्ट्रपति टेमर र उहाँले लागु गर्नु भएको अर्थिक सुधार वा मितव्ययिताको कार्यक्रमको बिरोधमा ब्यापक जनप्रदर्शन र प्रहरीसँग झडप भएको जनाइएको छ । ब्राजिलको संसद पनि राष्ट्रपतिको समर्थन र बिरोधमा बिभाजित भै दुई फ्याक भएको जनाइएको छ । बहूसङ्ख्यक विपक्षी सांसदहरुले राष्ट्रपति टेमरको तत्काल राजिनामाको माग गर्दै संसदीय कारबाहीहरु नै अवरुद्ध पारेका छन् ।

वर्तमान राष्ट्रपति टेमर पदीय निवार्चनमा बिजयी भएर आउनु भएको नभै महाअभियोग लागेर हटाइनु भएकी पूर्व राष्ट्रपति दिल्मा रुसेफको सट्टा काम चलाउन मात्र कुर्सीमा आसीन भएको, राष्ट्रपतिको पदभार ग्रहण गरेको केही समय भित्रै प्रत्यक्ष वा परोक्ष रुपमा ठूला ठूला आर्थिक भ्रष्टाचारका काण्डमा मुछिनु भएको हो ।

मुलुकमा आर्थिक सुधार र बृद्धि गर्ने बहानामा भ्रष्टाचारका यस्ता काण्डहरुलाई ढाकछोप गरी ओझेलमा पार्न र आफू ब्राजिलको सत्तामा टिकिरहने प्रयास गरेको भन्ने आरोप लगाउँछन् बिपक्षीहरु । अझै ठूलो सङ्ख्यामा बिशाल जन प्रदर्शन हुने, कम्तीमा पैंतीस हजार जनताको जुलूसले घेराउ र नाराबाजी गरी संसद भवन, राष्ट्रपतिको कार्यालय लगायत सबै मन्त्रालय ठप्प पारी राष्ट्रपति टेमरलाई राजिनामा दिन बाध्य पार्ने योजना रहेको बिपक्षीहरुले दावी गरेका छन् ।

राष्ट्रपति टेमरले राजिनामा दिनु भएमा ब्राजिलको संबिधान अनुसार संसदले मध्यावधि निर्वाचन गरी अर्को राष्ट्रपति चयन गर्नु पर्नेछ । नवनिर्वाचित राष्ट्रपतिको पदावधि अत्यन्तै अल्प अर्थात् सन् २०१८ सम्म मात्र हुनेछ र सन् २०१९ मै पुनः अर्को राष्ट्रपतीय निर्वाचन गर्नु पर्ने पनि जनाइएको छ । यसरी देशको संसद् राष्ट्रपतिको निर्वाचनका लागि मात्र अल्मलिई रहनु पर्ने र मुलुकले भने आर्थिक सङ्कटको अवस्थामा रुमलिई रहनु पर्ने सम्भावनाले दिक्क बनाएको छ, ब्राजिलका अधिकांश सचेत जनतालाई ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK