ब्राजिलमा फेरि तेत्तीस कैदीको हत्या

ENGLISH

WORLD

ब्राजिलमा फेरि तेत्तीस कैदीको हत्या

7 January, 2017 | arjun baral | 690 Views | comments

brazilब्राजिलको आमाजनस राज्यको राजधानी मनाउसमा ५६ जना कैदीको उनीहरुकै प्रतिद्वन्द्वी समूहले हत्या गरेको खबर सेलाउन नपाउँदै रोराइमा राज्यमा शुक्रबार फेरि ३३ कैदी बन्दीको हत्या गरिएको छ ।

रोराइमा राज्यको प्रशासनले स्थानीय ‘एग्रीकोला डे मोन्टी क्रिस्टो प्रिजन’ (पिएएमसी)मा शुक्रबार जेलमा रहेका दुई प्रतिद्वन्द्वी आपराधिक समूहबीच भएको झगडा नियन्त्रणमा आइसकेको तर झडपमा दुवै समूहका गरी ३३ कैदीको मृत्यु भएको छ ।

रोराइमा राज्यका प्रवक्ताले करिब एक घन्टा भएको झडप शुक्रबार बिहानै भएको कैदीवन्दीको हत्यामा प्राय सबैलाई धारिलो हतियारको प्रयोगद्वारा मारिएकोे बताउनुभएको छ । घटनामा गोली प्रयोग भएको नपाइएको समेत उहाँले बताउनुभयो ।

स्थानीय ‘फेमिली अफ नर्थ’ समूहलाई सघाउँदै आएको रेड कमाण्ड समूहका कैदीबन्दी रियो दि जेनेरियोको लागुऔषध कारोबार सञ्जालमा सहभागी शक्तिशाली समूह हो ।

ब्राजिलमा कैदीबन्दी माथिको सुरक्षास्थितिलाई लिएर अधिकारकर्मीले निरन्तर आवाज उठाउँदै आएपनि जेलको सुरक्षास्थिति खस्किदो छ । जेल सुरक्षा मजबुत बनाउन सरकार असफल रहेको पाइन्छ ।

सरकारी अधिकारीले पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएका कारण जेलमा अध्यधिक चाप रहने गरेको र जेलको सुरक्षा स्थितिलाई मजबुत बनाउन झन्डै ५० प्रतिशत जनशक्ति थप गर्नुपर्ने बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK