ब्याडमिन्टन विश्व च्याम्पियनसिप २०१७ मा नेपाली निर्णायक

ENGLISH

NRN GLOBAL

ब्याडमिन्टन विश्व च्याम्पियनसिप २०१७ मा नेपाली निर्णायक

2 September, 2017 | Bipin Acharya | 1255 Views | comments

बेलायतको स्कटल्यान्ड राज्य अन्तर्गत ग्लास्गोमा २१ देखि २७ अगष्टसम्म ब्याडमिन्टन विश्व च्याम्पियनसिप ०१७ आयोजना गरियो । ब्याडमिन्टन वल्ड फेडेरेसनले उक्त प्रतियोगिता गरेको हो ।

उक्त च्याम्पियनसीपमा नेपाली खेलाडी त सहभागी हुन पाएनन् तर लाइन जज (निर्णायक) भने नेपाली थिए जो आकर्षणको केन्द्रमा रहे । नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य र काठमाडौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा दक्षिण एसियाबाट आएका तीन लाइन जजमध्ये एक थिए ।

विश्वका ४० देशका खेलाडी सहभागी उक्त च्याम्पियनसीपमा नेपाली खेलाडी नपरे पनि अफिसियलका रुपमा भने नेपाल देशलाई चिनाएको थापाले बताए । ‘देशको नाम चिनाउनुका अलावा खेल व्यवस्थापन र इभेन्ट आयोजनाबारे धेरै नयाँ अनुभव ग्रहण गरेको छु’, थापाले लन्डन फर्किएर भने, ‘यहाँ सिकेको ज्ञान र अनुभव नेपालमा लगेर कार्यान्वयन गर्न पहल गर्नेछु ।’

रियो ओलम्पिक ०१६ मा सहभागी हुने पहिलो नेपाली निर्णायक थिए थापा । नेपालले ब्याडमिन्टन खेलमा दक्षिण एसियामा तेस्रो स्थान ओगटेको बताउँदै थापाले यस खेलमा प्रगति गरिरहेको जनाए । ‘हाम्रो खेल अवस्था सुधारोन्मुख छ, राज्यबाट उचित वातावरण र हौसला भए भविष्यमा नेपालले पनि विश्व च्याम्पियनसीपमा सहभागिता जनाउन सक्ने सम्भावना नभएको होइन्’, उनले भने ।

सन् १९७७ मा स्वीडेनको माल्मोमा पहिलो ब्याडमिन्टन विश्व च्याम्पियनसीप आयोजना गरिएको थियो । सन् १९८३ सम्म उक्त प्रतियोगिता प्रत्येक तीन वर्षमा गर्न थालियो भने त्यसपछि सन् २००३ सम्म प्रत्येक दुई वर्षमा । सन् २००५ देखि यस प्रतियोगिता वर्षेनी हुन थालेको छ ।

यसैबीच, थापाको सम्मानमा लन्डन साउथ हयारोस्थित माया पबमा एक कार्यक्रम गरिएको छ । पबका सञ्चालक सिद्धार्थ विक्रम क्षत्रीले खेलाडी र अफिसियलको हौसलाका लागि सम्मान गरिएको बताए । यसअघि पाँच पटकका राष्ट्रिय च्याम्पियन म्याराथन धावक भूमिराज राई र अफिसियलको पनि क्षेत्रीले सम्मान गरेका थिए ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK