“बोलेको काम पुरा गर्छु” : अध्यक्ष भट्ट

ENGLISH

NRN GLOBAL

“बोलेको काम पुरा गर्छु” : अध्यक्ष भट्ट

कृष्ण अधिकारी, टोकियो

22 October, 2017 | Sandeep Bhattarai | 2655 Views | comments

भवन भट्ट

गैर-आवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय समितीका नव निर्वाचित केन्द्रिय अध्यक्ष भवन भट्टले आफूले घोषणा पत्र अनुसारनै काम गर्ने बताएका छ्न ।

आइतबार बिहान एनआरएनएको अध्यक्ष बनेर पहिलो पटक कर्मभुमी जापान आईपुगेका भट्टलाई जापानबासी नेपालीले स्वागत गर्ने क्रममा यस्तो बताएका हुन् ।

म आफ्नो स्पष्ट कार्यदिशा र टिम परिचालन गरी विश्वभर रहनुभएका प्रवासी नेपालीहरुको भलाईको निम्ती काम गर्नेछु अझ भनौ ”घोषणा पत्र” बोकेर हिंड्नेछु र सोही अनुरुप काम गर्नेछु, उनले भने ।

विश्वभरबाट आएका प्रतिनिधिले असाध्यै विश्वास गरेर मत दिनु भएको छ त्यो मतको म भरपुर सदुपयोग गर्नेछु, विदेशका नेपाली र साथ साथ नेपालको सम्वृद्धि पनि एनआरएनएका आफ्ना भूमिका छ्न ति कार्यपनि प्राथमिकतामा पर्नेछ्न ।

साथै एनआरएनएले अबको दुई बर्षमा नेपालमा तीन सय मेगवाट बिजुली उत्पादन गरिने समेत प्रतिबद्दता ब्यक्त गरिएको जानकारी दिए ।

भट्टले एनआरएनएलाई स्मार्ट एनआरएनए, भर्जन दुई एनआरएनए र नयाँ पुस्तालाई प्रभावकारी बनाउने एनआरएनए बनाउने लगयतका महत्वाकाँक्षी योजना लिएर मैदानमा उत्रिएका थिए । गत अक्टोबर १४ देखी १७ सम्म काठमान्डौमा सम्पन्न ८ औ विश्वसम्मेलन मार्फत अत्याधिक मत प्राप्त गरी केन्द्रिय अध्यक्षमा निर्वाचित भएका थिए ।

टिबीआई ग्रुपका अध्यक्ष भट्टको नेतृत्वमा अतिथी देबो भव: जस्तो अत्यन्त राम्रो कामको थालनी समेत भएको थियो जुन हाल नेपालका सम्पूर्ण जिल्ला र विश्वका ७७ वटै देशमा संचालित छ ।

अध्यक्ष भट्टलाई गैर-आवासीय नेपाली संघ जापानका उपाध्यक्ष सरोज कुमार खत्री लगायत जापानमा क्रियशिल राजनीतिक पार्टी, एनआरएनए जापान र संघ संस्थाका प्रतिनिधिहरु र जापानबासी नेपालीहरुले हानेदा बिमानस्थलमा स्वागत गरेका थिए ।

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK