बेल्जियममा ‘ल्होछार’ मनाइयो

ENGLISH

NRN GLOBAL

बेल्जियममा ‘ल्होछार’ मनाइयो

2 January, 2017 | Sandeep Bhattarai | 1025 Views | comments

तमु ल्होछार

बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ मनाएका छन् । हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा बेल्जियमको अन्त्वेर्पेंन जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् । 

‘शास्त्र हराए संस्कृति हराउाछ, संस्कृति हराए परम्परा हराउाछ,परम्परा हराए मान्छे (जाति) हराउँछ’ भन्ने नाराका साथ आयोजना गरिएको ल्होछारको अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खानाको समेत व्यवस्था गरिएको थियो । कार्यक्रममा गुरुङ समुदायका अलावा गैर गुरुङहरुले जम्मा भएर रमाइलो गरेका थिए ।

शुक्रवार साँझ आयोजना गरिएको कार्यक्रममा सहभागि बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले नेपालको बहुसांस्कृतिक,बहुजातिय विविधतामा एकता नेपाली समाजको विशेषता रहेको उल्लेख गरे । ‘यसले नेपाली समाजलाई बलियो बनाएको छ,’ उनले भने ‘यस्ता खालका कार्यक्रमले नेपालीहरु बीचमा सौहार्दता बढाउन सहयोग पुग्छ, समुदायलाई नजिक बनाउन सहयोगी बन्नेछ ।’

कार्यक्रममा बेल्जियमका विभिन्न सहरका साथै नेदरल्याण्डसबाट समेत नेपालीहरु सहभागि भएका  थिए । कार्यक्रममा गमबहादुर गुरुङले ल्होछारबारे जानकारी गराएका थिए । करिव डेढ दशक देखि ल्होछार पर्वको आयोजना गर्दै आइरहेको तमु समाज बेल्जियमको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न कै लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष जीवन गुरुङले बताए ।

कान्तिपुरबाट

बेल्जियममा यो पटकको तमु ल्होछार ऐतिहासिक बनाउनका लागि तयारी तीव्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK