बेल्जियममा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा

ENGLISH

WORLD

बेल्जियममा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा

23 March, 2016 | Sandeep Bhattarai | 465 Views | comments

सङ्कास्पदको खोजी तीब्र बनाइएको प्रहरीको भनाई

बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

brusel

त्यस आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ  |उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्खया ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले बुधबार बिहान जानकारी दिएका छन् ।

इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधबारदेखि तीन दिनसम्म शोकको घोषणा गरिएको छ ।विमानस्थलमा विस्फोट भएको एक घण्टापछि स्थानीय समयाअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको जनाइएको छ । यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

बेल्जियममा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउनुका साथै राष्ट्रिय शोकको घोषणा गरेको छ । आज स्थानीय समयाअनुसार बिहानको ११ बजे शोक सभाको गरी एक आयोजना गरी मिनेट मौनधारणा गरिने जनाइको छ ।घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने विभिन्न अस्पतालहरुले जानकारी दिएका छन् ।

बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले यस दिनलाई कालो दिनको संज्ञा दिनु भएको छ । यस्तो भीषण आक्रमण बेल्जियमले यस अघि कहिल्यै नदेखेको पनि उहाँले टिप्पणी गनु भएको छ ।साथै देशबासीका नाममा सम्बोधन गर्दै उहाँले यस आक्रमणका दोषीलाई कदापि नछोड्ने र उनीहरुलाई जसरी पनि कानुनी कारबाहीको दायरामा ल्याइछोड्ने आश्वासन दिलाउनुभएको छ ।

आक्रमणकारीको खोजीलाई प्रहरीले राजधानी ब्रसेल्ससहित विभिन्न सहरसम्म नै पु-याएको छ । हेलिकोप्टरबाट पनि प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।गएराति पनि रातभरि प्रहरीले हेलिकोप्टरबाट आक्रमणकारीलाई खोजी गरिरहेको जनाएको थियो । यस क्रममा कैयांँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तर घटनामा सम्लग्न प्रमुख योजनाकारलाई भने प्रहरीले नियन्त्रणमा लिन सकिरहेको छैन । आक्रमणकारीको खोजीमा भएका प्रगतिको जानकारी प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी गाराउने जनाएको छ ।

उक्त आक्रमणको जिम्मेवारी आइएसले लिइसकेको छ । आइएसले हालैमात्र आफ्ना एकजना सहयोगीलाई ब्रसेल्सबाटै नियन्त्रणमा लिइएकोले त्यसको बदलामा यो आक्रमण गरिएको जानकारी दिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK