बेल्जियममा पर्यटन प्रबर्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

ENGLISH

NRN GLOBAL

बेल्जियममा पर्यटन प्रबर्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

27 February, 2017 | Bhawana Pathak | 925 Views | comments

बेल्जियमको एन्तेर्पेन शहरमा नेपालको पर्यटन प्रबर्धनमा नेपाली संघ संस्थाको भूमिकाको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित पर्यटन दुतले आयोजना गरेको यस कार्यक्रममा नेपाली राजदुताबास बेल्जियमका उपनियोग प्रमुख घनश्यम भण्डारी , एनआरएन आइसिसि सचिब , एनआरएन बेल्जियम का अध्यक्ष एनआरएन आइसिसि सदस्यहरु नेपाली ब्याबसायी सघ बेल्जियमका अध्यक्ष् लगायत बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितीमा अन्तरक्रिया सम्पन्न भएको हो ।

antarkriya

आयोजकको तर्फबाट पर्यटन दुत शिवकुमार बरुवालले अन्तरक्रियाको उद्देश्य र बेल्जियममा नेपालको पर्यतन प्रबर्धनको लागि एक बर्षको वार्षिक कार्ययोजना र नेपाल भ्रमण बर्ष युरोप २०१७ को बारेमा जानकारी गराउनुभएको थियो । अन्तरक्रियामा नेपाली राजदुताबासको तर्फ बाट उपनियोग प्रमुख घनश्याम भण्डारीले नेपाली राजदुताबास बेल्जियम ,नेपाल पर्यटन बोर्ड पर्यटन दुत र नेपाली समुदाय बेल्जियमले सामुहिक रुपमा मिलेर नेपालको पर्यटन प्रबर्धन को लागि के कस्ता कामहरु गर्न सकिन्छ भने बारेमा प्रकाश पार्नु भयो । उपस्थित एनआरएन लगायत सबै संघ संस्थाले कार्यक्रममा आफ्नो महत्वपूर्ण सुझाब राख्दै बेल्जियम स्थित पयर्टनदुतको तर्फबाट प्रस्तुत कार्ययोजनामा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ।

प्रस्तुत कार्य योजनामा यस बर्षको लागि नेपाल भ्रमण बर्ष युरोप-२०१७ लाई एक अभियानको रुपमा अगाडि बढाउने जस अन्तर्गत बेल्जियमका बिभिन शहरहरुमा नेपालको पर्यटन प्रबर्धन गर्ने कार्यक्रम हरु गर्ने , बेल्जियमका नेपालीहरुले संचालन गरेका २५० भन्दा बढी ब्यवसायहरुमा नेपालको पर्यटन प्रबर्धन सम्बन्धी सुचना मुलक सामाग्री राख्ने , बेल्जियमका नेपाली हरु को ५०० भन्दा बढी कारहरु मा नेपालको पर्यटन प्रबर्धन सम्बन्धी पोस्टर हरु टास्ने , बेल्जियममा रहेका नेपाली संघ संस्था ले बिभिन्न अबसरमा आयोजना गर्ने सांस्कृतिक पर्ब हरु बेल्जियम का प्रमुख शहरको सेन्टरमा मनाउने , बेल्जियमको राष्ट्रिय समाचार माध्यमहरुमा नेपाल सम्बन्धी समाचार हरु प्रसारण को लागि उक्त समाचार भिडियो तयार गर्न बेल्जियम बाट पत्रकार हरु नेपाल पठाउने रहेका छन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK