बेलायत बिना इयु झन राम्रो –जर्मन चान्सलर मर्केल

ENGLISH

WORLD

बेलायत बिना इयु झन राम्रो –जर्मन चान्सलर मर्केल

29 June, 2016 | Krishna Adhikari | 1685 Views | comments

merkelजर्मन चान्सलर एङ्गिला मार्केलले बेलायत बिना पनि युरोपेली सङ्घ, ईयू झन बलियो र राम्रोसँग बाँच्न सक्ने बताउनुभएको छ । उहाँले मङ्गलबार बर्लिनमा जर्मन संसदलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो । बेलायत बाहिरिएपछि दिनुभएको प्रतिक्रियामा मार्केलले युरोपेली सङ्घलाई बेलायतको अभाव नखट्किने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, बेलायत बिना नै पनि युरोपेली सङ्घ शान्ति, समृद्धि र स्थायित्वलाई सुनिश्चितता दिएर अघि बढ्न सक्छ । बेलायत ईयूबाट बाहिरिएपछि आफ्नो देशको संसदलाई पहिलो पटक संसद् गर्दै उहाँले भन्नभयो, बेलायत निस्किएपछि पनि ईयू बलियो छ र यसले आफ्ना सम्पूर्ण क्रियाकलापलाई पहिलेकै तुलनामा रा अझ त्योभन्दा पनि राम्रोगरी अघि बढाउन सक्छ ।

साथै युरोपेली युनियनले आफ्ना सबै चाहना र कार्यक्रमहरुका बारेमा अन्तर्राष्ट्रियस्तरमै पनि राम्रोसँग अघि बढाउन र प्रतिरक्षा गर्न सक्छ, उहाँले भन्नुभयो । बेलायतमा गत जुन २३ मा भएको जनमतसङ्ग्रहले बेलायतलाई युरोपेली सङ्घबाट बाहिरिन जनादेश दिएको थियो । सो निर्णयपछि विश्व राजनीतिमा नयाँ तरङ्ग आएको छ । बेलायत यस सङ्गठनबाट बाहिरिएपछिको अवस्था कस्तो होला भनेर गरिएका विविध खालका अनुमानसँगै जर्मन चान्स्लरको यो भनाइ आएको छ । रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK