बेलायत जनसम्पर्क समितिको सभापतिमा युवराज सिंहको उम्मेद्वारी

ENGLISH

NRN GLOBAL

बेलायत जनसम्पर्क समितिको सभापतिमा युवराज सिंहको उम्मेद्वारी

खेमराज रानाभाट, लन्डन

20 July, 2017 | Bipin Acharya | 625 Views | comments

नेपाली कांग्रेसको विदेशस्थित सम्पर्क संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंहले उम्मेद्वारी घोषणा गरेका छन्।

लामो समयदेखि विभिन्न समुहमा विभाजित जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन आगामी सेप्टेम्बर १७ तारिखमा हुने छ।लामो समयसम्म जनसम्पर्क समिति युके विभाजित मानसिकताका साथ गुज्रिनु परेको र समयमा अधिवेशन पनि हुन नसकेको हुँदा आगामी अधिवेशनबाट सबैलाई समेटेर एकताबद्ध बनाई ईतिहासको हरेक महत्वपूर्ण परिवर्तनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसलाई समय सापेक्ष नेपालको आवश्यकता अनुसार अझ सशक्त र क्रियाशील बनाउन बेलायतवासी राष्ट्रियता,लोकतन्त्र र समाजवादप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई समन्वय गर्न मैले उम्मेद्वारी दिने निर्णय गरेको छु; सभापतिका प्रत्याशी सिंहले बताए।

बेलायत आएदेखि जनसम्पर्क समितिमा निरन्तर रुपमा क्रियाशील सिंह चेतनाथ खनाल जनसम्पर्क समितिको  सभापति रहँदा महामन्त्रीमा रही कार्य गरि सकेका छन् । बेलायतबाट नेपाली कांग्रेसको १३औं महाधिवेशन प्रतिनिधि समेत रहेका सिंह नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य समेत हुन ।

त्यसै गरी सिंह स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भई २०५६ देखि २०६३ सालसम्म मीन भवन क्याम्पस ईकाईका सभापति, २०५५ मा सोहि क्याम्पसको स्ववियु सहसचिव हुँदै कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय उपसभापतिको जिम्मेवारी समेत समालेको अनुभव छ ।

नेपालमा रहँदा र प्रदेशमा आई सकेपछि पनि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय, पार्टी केन्द्रसँग राम्रो सम्पर्क र बेलायतवासी कांग्रेसमा आस्थावान सबैसँग राम्रो सम्बन्धका कारण सिंहलाई समितिको आउँदो अधिवेशनमा एउटा बलियो नेतृत्वको रुपमा बेलायतवासी नेपालीहरुले लिएका छन।

बेलायतबाट चुनावका लागि चन्दा माग्दै राजनीतिक दल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK