बेलायती राजनीतिज्ञ र एमाले सचिव भट्टराईबीच भेटवार्ता

ENGLISH

NRN GLOBAL

बेलायती राजनीतिज्ञ र एमाले सचिव भट्टराईबीच भेटवार्ता

6 July, 2017 | Bipin Acharya | 590 Views | comments

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बेलायतको प्रमुख प्रतिपक्ष पार्टी लेबरका स्याडो चान्सलर जोन म्याकडोनेलसंग भेटवार्ता गरेका छन् ।

एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतको चौंथो अधिवेशनका लागि हाल बेलायत भ्रमणमा रहेका सचिव भट्टराई, पोलिटब्युरो सदस्य विजय पौडेल, मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीसहितको टोलीले म्याकडोनेलसंग मंगलबार बेलायती संसद भवनमा भेट गरेका हुन् ।

द्विपक्षीय वार्ताका क्रममा नेताहरुबीच नेपालमा जारी स्थानीय निर्वाचनसहित वर्तमान राजनीति, बेलायतले भूकम्पका बेला गरेको सहयोग, विभेदकारी गोर्खा पेन्सन, बेलायतमा बसोवास गर्ने नेपालीलाई बेलायती राजनीतिमा संलग्न गराउनेलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मञ्चका अध्यक्ष पुडासैनीले जानकारी दिए ।

भेटमा नेता भट्टराईले नेपालबाटै सहज भिषा उपलव्ध गराउन भिषा सेन्टर नेपालमा राख्न र भूतपूर्व ब्रिटिश गोर्खाहरुलाई समान पेन्सनका लागि सहयोग गर्न विशेष आग्रह गरेका थिए । जवाफमा म्याकडोनेलले पार्टी र आफ्ना तर्फबाट गोर्खा समस्या समाधान गर्न र नेपाललाई बेलायतले दिंदै आएको सहयोग निरन्तर गराउन पहल गर्ने आश्वासन दिएका थिए ।

त्यस्तै, भट्टराईले ब्रिटेन कम्युनिष्ट पार्टीका महासचिव एन्डी ब्रुक्ससंग पनि मंगलबार नै लन्डनमा भेट गरे । सो भेटका क्रममा दुवै पार्टीबीच सम्बन्ध बिस्तार र कार्ल मार्क्स द्विशतवार्षिकी मनाउनेबारे छलफल भएको थियो ।

भेटवार्तामा एमालेका अर्का नेता रमेश पौडेल, ओएनएफ क्यानाडाका महासचिव विश्वम्भर घिमिरे, ओएनएफ बेलायतका उपाध्यक्ष रामजी बराललगायतको सहभागिता थियो ।कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK