बेलायती पप सुपरस्टार जर्ज माइकलको निधन

ENGLISH

ENTERTAINMENT

बेलायती पप सुपरस्टार जर्ज माइकलको निधन

28 December, 2016 | Bipin Acharya | 825 Views | comments

मखमली स्वरका धनी जर्ज माइकलको आइतबार निधन भएको छ । संसारभर क्रिसमस मनाइरहँदा माइकलले आफ्नै घरमा ५३ वर्षको उमेरमा संसार छोडेका हुन् । माइकलले एन्ड्रयु रिगेलीसँग मिलेर हाम ब्यान्ड खोलेपछि सांगीतिक रूपमा बढी चर्चा पाएका थिए ।

george-michael-27122016082318-1000x0

गीतकारसमेत रहेका माइकललाई दिउँसो २ बजे मृत अवस्थामा घरमा भेटेको प्रहरीले जनाएको छ । प्रहरीले उमेरको अनुपातमा माइकलको मृत्यु अप्रत्यासित नै भए पनि शंकास्पद भने नभएको बताएको छ । गायकका म्यानेजरले भने उनी हृदयाघातका कारण दिवंगत भएको बताएका छन् । गायक आफ्नै ओछयानमा सुतेकै अवस्थामा मृत भेटिएको उनले बताए । ‘हाम्रा प्रिय छोरा, भाइ एवं साथी जर्जले क्रिसमसको दिन आफ्नै घरबाट अन्तिम बिदा लिएको खबर सुनाउनुपर्दा अत्यन्तै दु:ख लागेको छ,’ गायकका प्रवक्ता कोनी फिलिप्पेलोले भनेका छन् ।

माइकलले ८० र ९० को दुई दशक पप सांगीतिक क्षेत्रमा झन्डै एकछत्र राज गरेका थिए । हामबाटै निकालेको गीत ‘वेक मी अप बिफोर यु गो–गो’ ले उनलाई चर्चाको शिखरमा पुर्‍याएको थियो । सन् १९८७ मा निकालेको एल्बम ‘फेथ’ ले उनलाई पप सेक्स सिम्बोलका रुपमा बढावा दिएको थियो ।

न्युयोर्क टाइम्सले लेखेको छ— माइकल गायनमा मात्रै सीमित रहेनन् । गीतकारसमेत रहेका उनका गीतमा आसक्ति र प्रेमले ज्यादा प्रभाव पारेका हुन्थे । भिडियोमा समेत अश्लीलतालाई बढावा दिएको आरोप उनीमाथि थियो । कुनै बेला उनका भिडियो क्लिप र लाइभ सोहरू नै सेन्सर गर्नुपर्ने अवस्थाका हुन्थे । स्टाइलिस पप स्टारडम बोकेका माइकलले आफूलाई गम्भीर गायकका रूपमा प्रस्तुत गर्न पछि गीतमा गम्भीर शब्दहरूसमेत राख्न थालेका थिए ।

‘केयरलेस ह्वीस्पर’ र ‘फादर फिगर’ जस्ता उनका ब्यालेड त्यसैका उदाहरण पनि हुन् ।

दुई ग्रामी अवार्डसँगै थुप्रै म्युजिक अवार्ड जितेका माइकल ‘फ्रिडम ९०’ र ‘आई वान्ट योर सेक्स’ जस्ता डान्सिङ पप नम्बरका कारण टिनएजरमाझ पनि उत्तिकै आकर्षणमा थिए । तर उनले जुनसुकै प्रकृतिका गीत गाए पनि दर्शकश्रोता भने उनको ‘गड गिफ्टेड’ स्वरबाटै बढी मोहित थिए ।

आठपटक ग्रामी अवार्डको मनोनयनमा परेका माइकलले पहिलो पटक सन् १९८८ मा ‘आई न्यु यु वेर वेटिङ (फर मी)’ का लागि पहिलोपटक ग्रामी जितेका थिए । ‘फेथ’ एल्बमले पनि एल्बम अफ दी इयरको ग्रामी जितेको थियो । बेलायती गायक माइकललाई ब्रिटेनको रेडियो एकेडेमीले सन् १९८४ देखि दुई दशकसम्म सर्वाधिक बढी बजेका गायकका रूपमा उल्लेख गरेको थियो ।

माइकल स्पष्टवक्ता पनि थिए । उनले आफू लामो समयदेखि डिप्रेसनसँग लडिरहेको मात्रै सार्वजनिक गरेनन्, बरु बाइसेक्सुअल रहेको पनि सगर्व खुलाएका थिए । उनी भन्थे, ‘आफ्नो लैंगिकता लुकाउनु भनेको आफैंप्रति बेइमान गर्नु हो ।’

जर्ज माइकलका उत्कृष्ट गीत
१. केयरलेस ह्वीस्पर
२. फेथ
३. फादर फिगर
४. जिसस टु अ चाइल्ड
५. वेक मी अप बिफोर यु गो–गो
६. अ डिफरेन्ट कर्नर
७. अमेजिङ
८. लास्ट क्रिसमस
९. फास्ट लभ
१०. आई न्यु यु वेर वेटिङ

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK