बेलायती जेलमा ११ नेपाली

ENGLISH

NRN GLOBAL

बेलायती जेलमा ११ नेपाली

24 January, 2018 | Kunjar Bhattarai | 1015 Views | comments

 

लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय भोगिरहेका छन् । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले लन्डनस्थित नेपाली दूतावासलाई उक्त तथ्यांक दिएको हो ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले यसअघि २० नेपाली जेलमा रहेपनि हाल ११ नेपालीले जेल सजाय भोगिरहेका जानकारी पाइएको बताए ।

‘चोरी, लागू औषध कारोबार, गैर कानुनी काम र बसाइ (ओभर स्टे) र अन्य अपराधका कारण नेपाली जेल परेका पाइएको छ,’ दूतावासका प्रवक्ता समेत रहेका आरणले भने, ‘भिसा सकिएपछि गैर कानुनी बसेका नेपाली समेत समातिएर जेल जाने क्रम बढेको पाइएको छ ।’ डेटा प्रोटेक्सन एक्ट अनुसार व्यक्तिका विवरण सबै खुलाउन नमिल्ने भएर पनि जेल बसेका नेपालीबारे पर्याप्त सूचना थाहा नभएको दूतावासका भनाइ छ ।

केही समय अघि लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपाली चमन श्रेष्ठलाई ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले दुई वर्ष ८ महिना जेल सजाय सुनाएको थियो ।

बेलायतको कानुनमा अधिकार बिना गैर कानुनी काम गरेको भेटिए ६ महिनासम्म जेल सजाय हुन सक्ने प्रावधान छ । रोजगारदाताले जनही २० हजार पाउण्डसम्म तिर्नुपर्ने हुन सक्छ । गैर कानुनी बसेको व्यक्तिलाई घर भाडामा दिए ५ वर्षसम्म जेल सजाय र जरिवाना हुन सक्ने प्रावधान समेत यहां छ ।

बेलायतमा झण्डै दश लाख आप्रवासी गैर कानुनी बसिरहेको अधिकारीहरुले बताउँदै आएका छन् । सन् २००१ मा होम अफिसले गरेको एउटा विश्लेषणमा गैर कानुनी बसेका आप्रवासीको संख्या करिब ४ लाख ३० हजार थियो । तर, अहिले त्यो संख्या दोब्बर भन्दा बढि रहेको अनुमान छ ।

सरकारले यही जनवरीदेखि गैर कानुनी आप्रवासीलाई नियन्त्रण गर्ने अभियानकै एक हिस्सा अनुरुप यूके बैंक तथा बिल्डिङ सोसाइटीलाई करिब ७० मिलियन बैंक खाता जांच गर्न भनेको छ । तीन तीन महिनामा बैंक खाता जाँच गरिने र यसो गर्दा पहिलो वर्षमै गैर कानुनी बसेका, शरणार्थी आवेदन दिएर अस्वीकृत भएका वा अन्य अपराध गरेका करिब ६ हजार आप्रवासीलाई स्वदेश फर्काउन सकिने विश्वास सरकारको छ ।

कान्तिपुरबाट

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK