बेलायतमा हुन लागेको ईयू जनमत संग्रहप्रति नेपालीको चासो

ENGLISH

NRN GLOBAL

बेलायतमा हुन लागेको ईयू जनमत संग्रहप्रति नेपालीको चासो

11 June, 2016 | Bipin Acharya | 505 Views | comments

बेलायत युरोपियन युनियन (ईयू) सदस्य रहिरहने वा छाड्ने भन्नेबारेको जनमत संग्रह आउन करिब दुई साता बाँकी छ । आगामी २३ जुन बिहीबार बेलायतमा हुन लागेको उक्त जनमत संग्रहले बेलायती राजनीतिमात्र तातेको छैन्, बेलायतवासी नेपालीको समेत ध्यान आकृष्ट गरेको छ ।

r

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले इयू जनमत संग्रहबारे बेलायतवासी नेपालीलाई अवगत गराउन यही सोमबार अल्डरसटमा एउटा बहस कार्यक्रम नै राखेको छ । कार्यक्रम संयोजक डमर घलेले बेलायतमा करिब डेढ लाख नेपाली रहेका र ती मध्ये झण्डै ५० हजार मत दिन योग्य भएकाले उनीहरुलाई इयूमा रहँदा वा छोड्दाका फाइदा बेफाइदाबारे विज्ञहरुबाट सुसूचित गराउन कार्यक्रम गरिएको जानकारी दिए ।

बेलायत ईयू सदस्य रहिरहने वा नरहने भन्नेप्रति यहाँका नेपालीहरुको भिन्न भिन्न धारणा छ । संसारको पाँचौं तथा युरोपको दोश्रो ठूलो अर्थतन्त्र भएको शक्तिशाली देश बेलायत ईयूबाट बाहिरिए यसको भविष्य अन्धकार हुने चिन्ताबीच कतिपयले परिमार्जनसहितको ईयू आवश्यक ठान्दै इयू छोड्नु बेलायतको हित विपरीत हुने बताएका छन् । तर, कतिपयले ईयू बजेटलाई गर्नुपर्ने योगदान ८ दशमलव ५ बिलियन पाउण्ड बेलायतभित्रै शिक्षा, स्वास्थ्य, विश्वविद्यालय आदिमा लगानी गरे राष्ट्रिय आय वृद्धि गर्न सकिन्छ भन्ने तर्क राखिरहेका छन् ।

अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी बेलायत सुधारसहितको ईयूमा रहनुपर्ने धारणा राख्छन् । तर, उनले ब्रसेल्समा बस्ने अनिर्वाचित प्रशासकहरुसँग धेरै अधिकार रहन नहुने, ईयूले आफ्ना सदस्य राष्ट्रहरुका साना तथा मझौला व्यवसायहरुलाई निकै बढी नियम कानुनमा बाँध्न नहुने, पूर्वी युरोपका केही भूतपूर्व समाजवादी मुलुकहरुमा देखिएजस्तो ईयूले आफ्ना सदस्य मुलुकहरुमा राज्यलाई प्रमुख ठहर्‍याउनुको सट्टा व्यक्तिलाई महत्त्व दिई वैयक्तिक स्वतन्त्रताको महत्वलाई सम्मान गर्नुपर्ने तथा युरोपेली संघले आफूलाई एउटा राजनीतिक संघको रुपमा नहेरिकन एउटा व्यापारिक वा आर्थिक संघकोरुपमा सीमित गर्नुपर्ने मत राखे ।

बेलायत युरोपियन यूनियनमा रहिरहनुपर्ने जोड नेप्लिज हार्ट फाउण्डेशन यूकेका अध्यक्ष विकलचन्द्र आचार्यको पनि छ । उनी बेलायतीव्यापारको ४४ प्रतिशत भन्दा बढी यस यूनियनमा हुने भएकाले ईयू छोड्दा देशको अर्थतन्त्रमा नकारात्मक असर (रोजगार, आय तथा यहाँको स्वास्थ्य, यातायात र सुविधामा) पर्ने बताउँछन् ।

देशको राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा अहिले युरोप महादेशमा बेलायत एक्लो हुनु भनेको अनेक चुनौतीसँग एक्लो सामना गर्नु हो र यो बेलायतको राष्ट्रिय हित विपरीत हुने ठान्छन् कतिपय । ईयू सदस्यको हैसियतले बेलायतले इयू बजेटलाई गर्नुपर्ने योगदान हाल ८ दशमलव ५ बिलियन पाउण्ड छ । त्यसरी बेलायतको स्पेन्डिङ बढाउनुको सट्टा त्यो बजेटलाई बेलायतभित्रै शिक्षा, स्वास्थ्य, विश्वविद्यालय आदिमा लगानी गरे राष्ट्रिय आयमा वृद्धि गर्न सकिन्छ भन्ने केहीको तर्क छ । त्यस्तै ‘फ्रि लेबर मुभमेन्ट’ का कारण ईयूबाट आउने सस्तो कामदारले बेलायतको लेबर मार्केट लिएको र त्यस संग संगै अध्यागमन समस्या भई स्वास्थ्य सेवा, शिक्षा जस्ता सामाजिक सुरक्षामा बढि खर्च भएर बजेट सन्तुलनमा नै नकारात्मक असर पर्न गएको ब्रिट एक्जिट (बाहिरिनुपर्ने) पक्षका अर्थशास्त्रीको भनाइ छ ।

तर, बहिगर्मनसँगै बेलायतले ‘ईयू यूके फ्रि ट्रेड एग्रीमेन्ट’ बाट प्राप्त हुने फ्रि ट्यारिफ, कस्टम चेक जस्ता सुविधाहरु गुमाउनुपर्ने, निर्यातमा हुने ट्यारिफ, लेबीका कारण इयू बजारमा बेलायतको वस्तुको मुल्य वृद्धि हुन गइ प्रतिस्पर्धा गर्न नसक्ने र यसले यूके निर्यात व्यवसाय नै धरासायी हुन सक्ने धारणा राख्छन् शिक्षण पेशामा आवद्ध साउथ लन्डन एकेडेमीका निर्देशक यादव श्रेष्ठ । हाल ३० लाख भन्दा बढि रोजगारी निर्यात व्यापारसँग सम्बन्धित रहेकोले बेलायत बाहिरिए त्यो गुम्न सक्ने उनको चिन्ता छ ।

बेलायतमा वैदेशिक लगानी ४८ प्रतिशत (४९६ बिलियन पाउण्ड) इयू देशबाट मात्र छ । बाहिरिंदा यसले बेलायतको जिडिपीमा प्रत्यक्ष असर पार्ने एकथरिको राय छ ।

बेलायतमा केही रेष्टुरेन्ट सञ्चालन गरिरहेको एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारी भने छोड्दा बढी फाइदा देख्छन् । बेलायत ईयूबाट बाहिरिए अर्थतन्त्रमा प्रत्यक्ष असर परे पनि युरोपबाट आउने आप्रवासी संख्या न्यून हुने र बेलायतले आफ्नो देशमा विश्वकै उत्कृष्ट सुरक्षा व्यवस्था कायम गर्न सक्ने धारणा भण्डारीको छ । रेष्टुरेन्ट व्यवसायीका नाताले ईयूबाट बाहिरिए व्यवसायीले तेश्रो मुलुकबाट दक्ष कामदार झिकाउन सक्ने र अन्यत्र मुलुकबाट आएका यूके ग्रयाजुएट्सले बराबर अवसर पाउने विश्वास उनलाई छ ।

बेलायतले ईयू छाडे राम्रो देख्छन् एकजना गैर आवासीय नेपाली अन्जान बगाले । इयूमा रहँदा आप्रवासी बढेर अहिले स्वास्थ्य र शिक्षा क्षेत्रमा भार, इयू कानुनले यहाँका किसान, बिल्डर र व्यवसायीलाई सास्ती भएको, हाउजिङ समस्या एवं ईयूमा रहिरहे बेलायतले केही वर्षभित्र आप्रवासी समस्या झन् बढी सामना गर्नुपर्ने तर्क बगालेको छ ।

ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलका महासचिव डा. कृष्ण अधिकारी यूकेले इयू छाड्न नहुने धारणा राख्छन् । दूरगामी महत्त्वको यो जनमत संग्रहलाई तात्कालिक केही समस्या भन्दा माथि उठेर समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई आंकलन गरि निर्णय लिनु आवश्यक हुने उनको सुझाव छ।

एकल सामरिक शक्ति क्षीण भएको संयुक्त अधिराज्य फेरि पुरानो अवस्थामा फर्कने सम्भावना नभएको उल्लेख गर्दै उनले अलग अलग बाटो हिंडेर एकापसमा महासंग्राम लडेका युरोपेली राष्ट्रहरु एक प्रगतिशील बाटोबाट सहिष्णुता, मानव अधिकार र सहकार्यको बाटोमा हिंड्नु युरोपियन युनियनको एउटा महत्त्वपूर्ण सफलता रहेको बताए ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK