बेलायतमा राजदूत डा. दुर्गाबहादुर सुवेदी दम्पतीलाई स्वागत-सम्मान

ENGLISH

NRN GLOBAL

बेलायतमा राजदूत डा. दुर्गाबहादुर सुवेदी दम्पतीलाई स्वागत-सम्मान

27 December, 2016 | Bipin Acharya | 1275 Views | comments

तमुप्ये ल्हु संघ युकेले बेलायतको लागिन वनियुक्त नेपाली महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा वहाँकी धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीलाई एक विशेष कार्यक्रम आयोजना गरी शिष्टाचार भेटघाट सहित स्वागत तथा सम्मान गरेको छ । गत १९ डिसेम्बर २०१६, सोमबारको दिनमा गोल्डेन सिप रेष्टुरेण्ट, हेरो, लण्डनमा आयोजना गरेको उक्त सिष्टाचार भेटघाट तथा स्वागत कार्यक्रममा रात्रिभोजको समेत व्यवस्था गरिएको थियो ।

16122606d4

नेपाली राजदूतावास र तमुप्ये ल्हु संघ युकेको गहिरो सम्बन्धलाई अझ प्रगाढ बनाउदै लैजान र नवनियुक्त महामहिम राजदूत डा सुवेदी र संघका पदाधिकारीबीच परिचय गराउन आयोजना गरिएको कार्यक्रममा संघको अध्यक्ष सोम त्होर्जे तमुको सभापतित्वमा छोटो औपचारिक कार्यक्रम समेत सम्पन्नगरिएको थियो । उक्त औपचारिक कार्यक्रममा संघको परिचय तथा औचित्यको बारेमा, बेलायतमा रहेका गोर्खा लगायत नेपाली समुदायको वर्तमान अवस्था र तमुप्ये ल्हु संघ युकेले गरेको कार्यको बारेमा, तमुजातिको प्येताँल्हुताँ र ऐतिहासिक पृष्ठभूमिको बारेमा र सामुदायिक भवन तथा क्होँईवोँ निर्माण योजनाको बारेमा संघको सचिव भेग च्हाक्ली तमु, पूर्व सल्लाहकार डा.चन्द्र बहादुर प्ल्होने–लेम तमु, प्राध्यापक नारायण ल्हेँगे तमु र प्रमुख सल्लाहकार तथा निर्माण समितिका संयोजक क्या. डेम बहादुर योज तमुले क्रमशः महामहिम राजदूतज्युलाई अवगत गराउनुभएको थियो ।

कार्यक्रममा महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी र वहाँकी धर्म पत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीलाई संघका अध्यक्ष सोम त्होर्जे तमु र वहाँकी धर्मपत्नी श्रीमती वविता प्हच्यु तमुले क्रमशः क्रेगी, भाङ्ग्रा र क्रमु ओढाई पुष्पा गुच्छाले स्वागत तथा सम्मान गरेका थिए । सम्मान पश्चात छोटो मन्तव्य राख्दै महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले संघले ल्याएको निर्माण योजना तथा महत्वपूर्ण कार्यहरुमा आफ्नो स्थानबाट हुनु पर्ने र हुन सक्ने सबै खाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । तमुप्ये ल्हु संघले गरेको सम्मानको प्रशंसा गर्दै संघसँग हातमा हात काँधमा काँध मिलाउदै जानेर सधैँ माया पाई रहने अपेक्षा सहित दूतावासको तर्फबाट पनि सदा माया र सदभाव बाँडिरहने बताउनुभयो ।

गत सेप्टेम्बर महिनादेखि बेलायती महारानी समक्ष नेपाली राजदूतको ओहदाको प्रमाण पत्र बुझाएर जिम्मेवारी सम्हाल्नु भएको महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले आफ्नो जिम्मेवारीप्रति सदा समर्पित भई कामगर्ने र नेपालीहरुको सेवाको लागि दूतावासको कार्यलय समय लगायत विभिन्न कामहरुमा नयाँ व्यवस्थापन शुरु गरिसकेको जानकारी सहित आगामी २०१७ सालमा नेपाल र बेलायतबीचको सम्बन्धको २०० बर्ष पुरा भएको अवसरमा सप्ताह व्यापी महोत्सव गर्ने तयारी गरिरहेको र उक्त महोत्सवमा सबैले सहयोग गरिदिनुहुन समेत आग्रह गर्नु भयो ।

बेलायतप्रति नेपाली गोर्खाहरुले गरेको त्याग र बलिदानले स्थापना गरेको दुई देशबीचको सम्बन्ध मनाउने तयारी गरि रहँदा गोर्खा यानेकी बेलायती सेनाका नेपाली गोर्खाहरुको स्वाभिमानको सम्मानार्थ दूतावासको सभाहलमा भिक्टोरिया क्रस प्राप्त १३ जना गोर्खा भिसिहरुको फोटो राख्ने समेत जानकारी गराउनुभएको थियो भने सभापतिको आसनबाट अध्यक्ष सोम त्होर्जे तमुले नव नियुक्त महामहिम राजदूतले शुरु गर्नु भएको कदम र प्रतिबद्धताहरुको स्वागत गर्दै तमुप्ये ल्हु संघ युकेले दूतावास सँग नजिक रहेर सदा सहकार्य गर्दै जाने र दूतावासले आयोजना गर्न गईरहेको महोत्सवमा संघले पूर्ण रुपमा सहयोग गर्ने र सहभागिता जनाउने बचनबद्धता गर्नुभयो । यसैगरि कार्यक्रमको लागि समय दिनु भएकोमा दूतावास महामहिम राजदूत डा दुर्गा बहादुर सुवेदी प्रति हार्दिक कृतज्ञता प्रकट गर्नुका साथै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

16122606d10

आगामी ३० डिसेम्बरमा हेरो लेजर सेन्टर हेरोमा सम्पन्न हुन गईरहेको तमु महानपर्व च्ह्य–ल्होसार महोत्सवमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन संघले गरेको निमन्त्रणालाई स्विकार्दै नेपाली राष्ट्रिय पर्वको रुपमा मानिने ल्होसार महोत्सवमा पुनः भेट्ने बाचा गर्नु भएको महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले यसभन्दा अगाडी नेपाली राजदूतावास रंगुन बर्मामा द्धितिय सचिव, नेपाल स्थाई न्यूयोर्कको प्रथम सचिव, नेपाली राजदूतावास टोकियो जापनमा डेपुटी चिफ अफमिसन र नेपाली राजदूतावास बहराईनमा कार्यवाहक राजदूतको रुपमा काम गरिसक्नु भएको छ भने गत सेप्टेम्बर ६, २०१६ देखि बेलायतको लागि नेपाली राजदूत भई बेलायत आउनु भएको हो । संघको कार्य समितिका पदाधिकारी, सल्लाहकार, खेगी समिति आमा समिति, युवा समिति लगायत आजीवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा रात्रिभोज पश्चात सामूहिक तस्विर समेत खिचिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK