बेलायतमा पहिलो गायन प्रतिष्पर्धा ‘एभरेष्ट आइडल’ हुने

ENGLISH

NRN GLOBAL

बेलायतमा पहिलो गायन प्रतिष्पर्धा ‘एभरेष्ट आइडल’ हुने

11 May, 2017 | Bipin Acharya | 570 Views | comments

बेलायतमा रहेका प्रवासी नेपालीहरुवीच पहिलो गायन प्रतिष्पर्धा ‘एभरेष्ट आइडल’ प्रतियोगिता आयोजना हुने भएको छ । बेलायतमा स्थापित एभरेष्ट इन्टरटेनमेन्ट एन्ड मिडियाहब लिमिटेड (इ-मिडिया हब) ले टेलिकन्फ्रेन्स आयोजना गरी गायन प्रतियोगिताका बारेमा जानकारी दिएको छ ।

इमिडिया हब लिमिटेडका चिफ इक्च्युकेटिभ ईश्वर चाम्लिङका अनुसार १३ मे देखि प्रतियोगितामा सहभागितको लागि फाराम दर्ता प्रक्रिया शुरु गरिने छ ।

किँरात, राई जातिको शाकेला चाडको दिन सोही स्थलमा पहिलो पटक फाराम दर्ता शुरु गरिने जनाइएको छ । सहभागीहरुको सुबिधाको लागि अनलाइन, इमेल, फेसबुक, टेलिफोन लगायतका माध्यमबाट पनि फाराम लिइने जनाइएको छ ।

आगामी मे २८ तारिक आयोजना हुने गोर्खा कपमा पनि प्रत्यक्ष दर्ताको स्टल राखिने साथै कम्पनीले आयोजना गर्ने ‘एभरेष्ट म्युजिकल ब्लास्ट’ कार्यक्रमहरुमा पनि दर्ताको टेबल रहने छ ।

बिभिन्न ६ चरणका कार्यक्रमहरुवीच छनौट हुँदै अक्टोबर २८ तारिक अल्डरसटको एम्पायर हलमा आयोजना हुने ग्रान्ड फिनालेमा उत्कृष्ट ‘एभरेष्ट आइडल’ लाई एक हजार २ सय पाउन्ड -करिब १ लाख ५० हजार रुपैयाँ), दोस्रो हुनेलाई ५ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK