बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

ENGLISH

NRN GLOBAL

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

24 January, 2018 | Kabi Adhikari | 965 Views | comments

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क कार्यालय स्थापना गरेको छ ।

globle-ime-bank-belayat

नेपालीहरुको अत्यधिक बसोवास रहेको अल्डरसटस्थित युनियन स्ट्रिटमा स्थापना गरिएको कार्यालयको राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपाल उद्घाटन गरेका छन् । कार्यक्रममा उनले देश संघीयतामा गएपछि खर्च बढ्ने भन्दै चुनौतीबीच पनि हरेक क्षेत्रमा अवसर भएको बताए ।

रसमोर मेयर सोफिया चौधरीले आफ्नो बरोमा नेपाली व्यवसाय थपिएकामा खुशी र बधाई दिंदै नेपाली समुदायले बेलायतको अर्थतन्त्रमा समेत योगदान गरिरहेको उल्लेख गरिन् ।

समारोहमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय काउन्सिलरहरु, गैरआवासीय नेपाली संघ आइसीसी उपाध्यक्ष कुल आचार्य, प्रमोटर शेयर होल्डरहरु कमल पौडयाल, उत्तम नेपाल, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे लगायत सहभागी थिए ।

ग्लोबल आइएमई बैंकको यो सम्पर्क कार्यालय भएपनि भविष्यमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सहयोग भए बैंक शाखा नै खोल्ने आफूहरुको लक्ष्य भएको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले बैंकको नेपालभर ११३ शाखा रहेका र ३०० ठाउंबाट आर्थिक कारोबार गर्न सकिने जानकारी दिए ।

बैंकका सीइओ जनक शर्मा पौडयालले ग्लोबल आइएमई बैंक सन् २००७ मा स्थापित नेपालको ‘क’ वर्गको वाणिज्य बैंक भएको र बैंकको अष्ट्रेलियाको सिड्नी र भारतपछि यूके तेश्रो सम्पर्क कार्यालय भएको जानकारी दिए ।

कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे, रसमोरका क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, काउन्सिलरहरु अलेक्स क्राफोर्ड र बिल वीथर्स लगायतले आफनो धारणा राखेका थिए ।

ग्लोबल आइएमई बैंक लिमिटेडको बेलायतमा सम्पर्क कार्यालयबाट नेपालको जुनसुकै शाखामा खाता खोल्न र आफ्नो रेमिट्यान्स भुक्तानी सिधै आफ्नो बैंक खातामा गर्न सकिने बैंकले जनाएको छ ।

आफूलाई चाहिएको बेला ग्लोबल आइएमई बैंक लिमिटेडको देशभर रहेका शाखा वा एटिएममार्फत सजिलै रकम निकाल्न पनि सकिने छ ।

ग्लोबल आइएमई बैंकबाट १८ लाख बढी रकम लुटियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK