बेलायतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि हाइक फर नेपाल

ENGLISH

NRN GLOBAL

बेलायतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि हाइक फर नेपाल

7 August, 2018 | Sandeep Bhattarai | 3210 Views | comments

बेलायतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि हाइक फर नेपाल‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ ।

‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ नारा दिइएको थियो । वी विल राइज फाउण्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले माउण्ट एभरेष्ट नामकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गराउँदै यसै कारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताउनुभयो । पोइज काउण्टीका अध्यक्ष मेराडिथले नेपाललाई आफ्नो दोस्रो घर बताउँदै सुन्दर गाउँ धम्पुस र ब्रेकनबीच विशेष साइनो गाँस्न लागिएको जानकारी दिनुभयो । “यसैलाई आधिकारिकता दिन आगामी फेबु्रअरीमा १५ जनाको टोली लिएर हामी नेपाल जानेछौँ”, उहाँले थप्नुभयो । ब्रेकन नेपलिज सोसाइटीका प्रमुख सल्लाहकार खुशीमान गुरुङले साइनो गाँस्ने कामले मुलुकले फाइदा लिन सक्ने बताउँदै नेपाल प्रवद्र्धनात्मक कार्यक्रममा बेलायतवासीका तर्फबाट सम्पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।

पोखरेली मञ्च बेलायतको आयोजनात्मक र ब्रेकन नेपाली समाजको सक्रियतामा शनिबार भएको उक्त पैदलयात्रामा सहभागी हुन नेपालबाट १३ पटक सगरमाथा आरोहण गरिसक्नुभएका कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा, १६ विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाउनुभएका थानेश्वर गुरागार्इँ, वि विल राइज फाउण्डेशनका संस्थापक तुलसी गुरुङ र निर्देशक निर्मल श्रेष्ठ तथा सुरज गुरुङसमेत वेल्स पुग्नुभएको थियो ।

बेलायतमा आयोजित सो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानमा टेवा पुग्ने आशा रहेको फाउण्डेशनका संस्थापक तुलसीले बताउनुभयो । करीब १५० नेपाली एवं विदेशी सहभागी पैदलयात्रामा स्थानीय बेलायतीले नेपालबारे जिज्ञासा राखेका थिए ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवद्र्धनात्मक अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीको पनि रहेको उल्लेख गर्दै पोखरेली मञ्चका अध्यक्ष मन गुरुङले यसका लागि निरन्तर पहल गरिरहने बताउनुभयो । अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जनाउँदै दूतावासले २०२० मा सो संख्या एक लाख पु¥याउने लक्ष्य राखिएको जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कठै ! फेवाताल

कठै ! फेवाताल

फेवातालको किनारामा देखिएको फोहर । पोखराको पर्यटकीय आकर्षणको केन्द्र...

इपिएल

इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा...

मेलबर्न फेस्टिबल

बुद्ध र सगरमाथाको देश भ्रमण गर्न अस्ट्रेलियन नेताद्धारा आग्रह

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा...

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK