बेलायतमा जुन २५ मा नेपालबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

ENGLISH

NRN GLOBAL

बेलायतमा जुन २५ मा नेपालबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

15 May, 2017 | Bipin Acharya | 650 Views | comments

बेलायतको लिभरपुल जोन मुअर्स विश्वविद्यालयमा संसारभरि फैलिएका नेपाली प्राज्ञहरूको संस्था ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा गणतन्त्र कार्यान्वयनमा देखिएका व्यवधान र तिनका समाधानका सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ ।

यही जुन २५ तारिखमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको आयोजकद्वारा जानकारी दिइएको छ । सम्मेलनमा नेपालको आर्थिक विकासका अन्य पक्षमा पनि छलफल गरिनेछ ।

सम्मेलनले नेपालको संविधान कार्यान्वयनमा देखिएका समस्याबारे छलफल गरी नेपाल सरकार, संसद र अन्य निकायहरूलाई ती समस्याको समाधान तथा आर्थिक विकास संबन्धमा ठोस सुझावहरू प्रदान गर्ने बताइएको छ ।

संस्थाका कोषाध्यक्ष लिभरपुल जोन मुअर्स विश्वविद्यालयका प्राध्यापक एवं एसोसिएट डिन डा. पदम सिंखडाको संयोजनमा सम्मेलन हुन लागेको हो ।

यसैबीच, ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा हुन गैरहेको स्थानीय चुनाव निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

‘वीस वर्षको अन्तरालमा हुन लागेको स्थानीय चुनावपछि संविधान कार्यान्वयनको पहिलो चरण पार हुनेछ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि यो अतिआवश्यक कदम हो । पूरै विश्वले यसमा चासो दिएको हामीले देखिरहेका छौं’, फोरमका अध्यक्ष प्राध्यापक सूर्य सुवेदी, क्युसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संसारभरि छरिएर रहेका नेपाली प्राज्ञिक वर्गबाट नेपालमा सुशासन र आर्थिक समृद्धिका लागि नीतिगत रुपमा योगदान दिने उद्देश्य लिएर प्रा. सुवेदीको अध्यक्षतामा सन् २०१५ मा ग्लोबल पोलिसि फर नेपाल स्थापना गरिएको थियो ।

जसको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०१५ को डिसेम्बरमा काठमाडौंमा भएको थियो । काठमाडौंमा सम्पन्न फोरमको पहिलो सम्मेलनले भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका अन्तर्राष्ट्रिय कानूनी पक्ष र नेपालको उच्च शिक्षामा भएको राजनीतिकरणबाट उत्पन्न समस्याका बारे छलफल गरेको थियो ।

सम्मेलनले आर्थिक नाकाबन्दीका विरुद्ध आवश्यक परे अन्तर्राष्ट्रिय न्यायिक तथा अर्ध न्यायिक निकायमा जानका लागि नेपाल सरकारले उपयुक्त ठानेमा कानूनी सहयोग गर्न तत्पर रहेको सुझाव पनि दिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK