बेलायतमा ‘ई–मिडिया हब’ को औपचारिक उद्घाटन सम्पन्न

ENGLISH

NRN GLOBAL

बेलायतमा ‘ई–मिडिया हब’ को औपचारिक उद्घाटन सम्पन्न

जानुका राई, बेलायत

4 January, 2017 | Sandeep Bhattarai | 1160 Views | comments

ई–मिडिया हब

नयाँ वर्षको अवसरमा शुभ-कामना आदान प्रदानसँगै बेलायतस्थित अल्डरसटको निर्माया रोदीघरमा (एभरेष्ट इन्टरटेन्टमेन्ट) ‘ई–मिडिया हब’ (E-Media Hub)कम्पनीको उद्घाटन सम्पन्न भएको छ।

बेलायतबासी नेपाली युवाहरुको सकृयतामा, गायक, गायिका लगाएत पत्रकारहरुको समुहमा ईश्वर चाम्लिङ्ग राई, मितेश गुरुङ, जानुका राई, किशोर गुरुङ, सीता शेरचन, कृष्णराज मेयाङवो, अनिला राई, दिपक राई, किरण चाम्लिङ राई, नबराज राई, भूमिराज राई, प्रेम गरुङ, भूपदेव राई, किसन राई, मुकेश राईको संयुक्त लगानीमा बैधानिक रुपमा दर्ता भएको एभरेष्ट इन्टरटेन्टमेन्ट ई–मेडिया हब कम्पनीको उद्घाटन समारोह सम्पन्न भएको हो ।

कम्पनिकी मिडिया बिभाग प्रमुख जानुका राईले स्वागत मन्तव्य दिंदै उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो । कम्पनिका सिईओ ईश्वर चाम्लिङ राईले बेलायतबासी नेपाली समाज र नयाँ पुस्ताका लागि नेपाली भाषा, साहित्य, कला प्रतिभालाई उजागर गर्दै आफ्नो संस्कारलाई जीवित राख्ने उद्देश्यले यो कम्पनी सुरु गरिएको प्रष्ट पार्दै कम्पनिको उद्देश्यको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा गायक नोर्देन तेन्जिङ भूटिया, एनआरएनए युके उपाध्यक्ष योग फगामी, कबड्डी र पूरानो डुंगा निर्देशक रामबाबु गुरुङले कम्पनीलाई शुभकामना मन्तव्य क्रममा दिनु भएको थियो ।मन्तव्यका क्रममा कम्पनीले निरन्तरता पाओस् भन्दै कम्पनीको पूर्णसफलताको कामना व्यक्त गर्नु भएको थियो।

कम्पनिका सदस्यहरु किशन राई, अनिला राई, प्रेम गुरुङ, किशोर गुरुङ र कुष्णराज मेयाङवोले गीत, संगीतहरु पस्केर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।किरात राई यायोक्खा केन्द्रका बरिष्ठ उपाध्यक्ष दिलकुमार राई, उपाध्यक्ष शंकर राई र महासचिव जितेन्द्र साम्पङ राई, मुना समाज युकेका सम्पूर्ण टीम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सोचेभन्दा बढी पाहुनाहरुको उपस्थितिले कार्यक्रम अत्यन्तै सफल भएको थियो । कैयौँ संघ-सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको अर्को उद्देश्य अंग्रेजी नयाँ बर्षको शुभ-कामना आदान प्रदान पनि रहेको थियो ।

ढाका टोपी र दोसल्ला ओढेर बेलायती सांसद मञ्चमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK