बेलायतबाट सत्रवर्षदेखि थला परेका अमरको उपचारका लागि सहयोग

ENGLISH

NRN GLOBAL

बेलायतबाट सत्रवर्षदेखि थला परेका अमरको उपचारका लागि सहयोग

4 January, 2017 | Sandeep Bhattarai | 890 Views | comments

बेलायतबाट सहयोग

पचारको अभावमा १७ वर्षदेखि थला परेका जाजरकोटका अमर आग्रीको उपचारका लागि बेलायतबाट सहयोग जुटेको छ । सुकुम्वासी परिवारका अमरको आर्थिक अभावका कारण उपचार हुन नसकेको खबर राससबाट समेत सार्वजनिक भएपछि बेलायतमा रहेका नेपाली दम्पतीले रु २० हजार सहयोग गरेका हुन् । 

सो रकम मंगलबार जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले परिवारलाई हस्तान्तरण गर्नु भयो । म्याग्दी घर भई बेलायतमा बस्ने खेम शेरचन र गीता गिरी शेरचनले अमरलाई उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको बताउनु भएको छ ।

जन्मेदेखि नै हातखुट्टा नचल्ने, कान नसुन्ने र बोल्न नसक्ने अमर १७ वर्षदेखि ओछ्यानमा थला परेका छन् । परिवारका सदस्यले अमरलाई खाना र दिसापिसाब गर्ने समयमा ध्यान नदिए उनी आफ्नै ओछ्यानमा दिसापिसाबसँगै पल्टिरहेका हुन्छन् ।

उनको हेरचाह बाबुआमाले गर्दै आएकामा आमाको मृत्युपछि झन् समस्यामा परेका छन् । उनलाई दैनिक खुवाउने खाना पनि झिँगाले फोहरैफोहर बनाएको हुन्छ । अरूको सहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा लाग्दा पानी समयमा पाउन सक्दैनन् ।

अमरका बाबु जने आग्रीले आर्थिक अभावमा अमरलाई धामीझाँक्रीबाहेक उपचारमा अन्यत्र कतै लैजान नसकेको बताए । अमरसहित घरमा जनेका चार छोरा र पाँच छोरी छन् ।

जनेको परिवार सार्वजनिक ठाउँमा खरले छाएको सानो टहरोमा बसिरहेका छन् । जनेले सरकारले वितरण गरेको हलिया परिचयपत्र पाएका छन् तर सरकारी सहयोग पाउन सकेका छैनन् ।

स्वर्गीय पत्रकार बोहोराको परिवारलाई बेलायतबाट आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK