बेलायतबाट चुनावका लागि चन्दा माग्दै राजनीतिक दल

ENGLISH

NRN GLOBAL

बेलायतबाट चुनावका लागि चन्दा माग्दै राजनीतिक दल

6 May, 2017 | Bipin Acharya | 660 Views | comments

नेपालको आसन्न स्थानीय निर्वाचनका लागि प्रमुख राजनीतिक दलले प्रवासस्थित भातृ संगठनबाट आर्थिक सहयोग मागेका छन् । केन्द्रलाई प्रत्यक्ष सहयोग पठाउन नभनी नेतृत्वले जिल्लाका उम्मेदवारहरुलाई सहयोग गरिदिन अपिल गरेको हो ।

प्रमुख दलका बेलायतस्थित प्रवासी संगठनहरु अहिले गुपचुप चन्दा संकलनमा जुटेका छन् । विदेशबाट मताधिकार नहुँदा खिन्न देखिने उनीहरु चुनावको सरगर्मीले भने उत्साहित छन् । ‘आफ्नो गाउँ, क्षेत्रका लागि भौतिक, आर्थिक सहयोग गरिदिन अनुरोध आएको छ’, कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहकार चिरन्जीवी ढकालले भने, ‘व्यक्तिगत तवरबाट के कस्तो सहयोग गर्न सकिन्छ हामी गर्छौं ।’

ढकालले आर्थिक सहयोगबाहेक जनशक्ति परिचालन र पार्टीका पक्षमा लविङ गरिदिन समेत केन्द्रबाट आग्रह भएको बताउँदै बेलायतका कतिपय कांग्रेसीहरु चुनावमा सघाउन नेपाल गइसकेको जनाए ।

नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले चुनाव प्रचारप्रसारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको बताए । ‘तर, यहाँ हामी आफैं चौंथो अधिवेशनमा जुटेकाले संस्थागत सहयोग सम्भव भएन’, सिम्खडाले भने, ‘बरु भूकम्पका बेला हामीले करिब दस लाख रुपैयाँ पार्टीकै खातामा पठाएका थियौं । संविधानसभा र महाधिवेशनका बेला पठाइएन ।’

नयाँ शक्ति निकट अन्तर्रास्ट्रिय नेपाली समाज यूकेका उपाध्यक्ष जगन कार्कीले पनि आफूहरुलाई ‘मुट्ठीदान’दिन परिपत्र आएको बताए । ‘मेरो व्यक्तिगत विचारमा त विदेशबाट हामीले पार्टी नेतृत्वलाई ज्ञान, सीप दिने हो पैसा होइन’, कार्कीले भने, ‘कसैले चुनावका बेला आफ्नो मनपर्ने समूह वा उम्मेदवारलाई चन्दा दिन्छु भन्छ भने त्यो स्वाभाविक पनि हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको यूके संगठन प्रवासी नेपाली एकता समाज अध्यक्ष रोशन सापकोटाले अनिवार्य नभइ स्वेच्छाले आफ्नो गृह जिल्लामा सहयोग गरिदिन अनुरोध आएको बताए । ‘केन्द्रलाई नदिइ उम्मेदवारलाई सिधै पठाइदिए हुन्छ भन्ने आग्रह छ’, केन्द्रलाई उद्धृत गर्दै सापकोटाले भने, ‘तर, अभिलेखका लागि कहाँ कति पठाएको हो खबर गर्नु भन्ने छ ।’ उनले आफ्नो गाउँ ठाउँका उम्मेदवारलाई सिधैं सहयोग गर्न अन्यथा नहुने पनि बताए ।

नेकपा माओवादी (केन्द्र) जिल्ला समिति बेलायत अध्यक्ष रण केसीले केन्द्रको आव्हानअनुसार चन्दा संकलन अभियान थालिने बताए । ‘अहिले समय कम भएकाले दोस्रो चरणको चिर्वाचनका लागि पठाउने सोचमा छौं’, केसीले भने, ‘केन्द्रबाट स्वतस्फूर्त आर्थिक सहयोग वा नेपाल गएरै सहयोग गर्न आव्हान भएको छ ।’ केसीले चौतर्फी हमला हुँदा पनि पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव गराउन अग्रसर भएको भन्दै उनीप्रति आभार व्यक्त गरे ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK