बेलायतद्वारा भूकम्प पीडितलाई थप सहयोग घोषणा

ENGLISH

NRN GLOBAL

बेलायतद्वारा भूकम्प पीडितलाई थप सहयोग घोषणा

24 March, 2016 | Bipin Acharya | 620 Views | comments

बेलायत सरकारले भूकम्पबाट प्रभावित जिल्लामा शुद्ध पिउने पानी उपलव्ध गराउन थप ४.५ मिलियन पाउण्ड उपलव्ध गराउने घोषणा गरेको छ । विश्व पानी दिवसमा अवसरमा गोर्खा वेलफेयर ट्रष्टको ग्रामीण क्षेत्रमा पानी तथा सरसफाई कार्यक्रमलाई उक्त रकम प्रदान गरिने डिएफआइडी (डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट) ले बुधवार जनाएको हो ।

f

ब्रिटिश गोर्खाहरुबाट सम्पन्न गरिने उक्त योजनाबाट भूकम्प प्रभावित ग्रामीण भेगका २२ हजार ५ सय गरिब पूर्व गोर्खा समुदाय लाभान्वित हुने अपेक्षा छ ।

उक्त रकमले एकसय २० वटा नयाँ पानी आपूर्ति प्रणाली निर्माण गरि २८५० घरधुरीमा पानी वितरण र ३५ विद्यालयमा शौचालय निर्माण गरिने जनाइएको छ ।

बेलायतले हालसम्म ४२ जिल्लामा ४६ हजार २९५ घरधुरीका तीन लाख ६ हजार ४९५ जनतालाई पिउनेपानी र सरसफाइका सामाग्री उपलव्ध गराइसकेको पनि जनाएको छ ।

यो रकमसँगै बेलायलते सन् २०१२ देखि २०२० सम्म नेपाललाई दिने सहयोग राशी १८ दशमलव ७ मिलियन पाउण्ड हुनेछ ।

डिएफआइडीले गत वर्षको विनाशकारी भूकम्पपछि खानेपानी आपूर्ति अझै सुचारु हुन नसकेको जनाउँदै ५५ लाख नेपाली शुद्ध खानेपानीबाट वञ्चित भएको जनाएको छ । उसले विज्ञप्तिमा एक करोड ६० लाख मानिस सरसफाई सुविधाबाट वञ्चित भएको पनि उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वानले भूकम्पपछि बेलायतले नेपाली जनतालाई तत्काल राहत सामाग्री उपलव्ध गराएको स्मरण गर्दै बेलायत नेपालको पुनर्निर्माणमा काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बेलायत नेपाल सम्वन्ध अरु मजवुत हुने आशा पनि व्यक्त गरे ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK