बेलायतका मिसेस सुन्दरीहरुले बालबालिकालाई १० लाख दिने

ENGLISH

NRN GLOBAL

बेलायतका मिसेस सुन्दरीहरुले बालबालिकालाई १० लाख दिने

14 March, 2018 | Kabi Adhikari | 975 Views | comments

मिसेस नेपाल यूके २०१७ विजेताहरुले आइतबार सांझ लन्डनमा एक च्यारिटी डिनर आयोजना गरे । भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ आयोजित उक्त कार्यक्रम मिसेस नेपाल यूके २०१७ का विजेताहरु आस्था जोशी, अमृता गिरी गजुरेल, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठले गरेका हुन् ।

MRS-UK

कार्यक्रमबाट करिब दश लाख रुपैयाँ संकलन भएको मिसेस नेपाल यूके सल्लाहकार तथा च्यारिटीकापरिकल्पनाकार शिवजी श्रेष्ठले जानकारी दिए। संकलित रकम छिट्टै नेपाल गएर प्रदान गर्ने योजना छ।

कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले दिदी बहिनीले पवित्र र परोपकारी भावनाले च्यारिटी गरेको भन्दै प्रशंसा गरे। ‘तपाईंहरुले प्रस्तुत गर्नुभएको फरक फरक खालका नृत्य र नाटकले एकताको सन्देश दिएको छ’, राजदूत सुवेदीले जोड दिए, ‘हामीहरु जहाँ भएपनि मनभित्र नेपाल हुनुपर्छ।’

सुन्दरीहरुले गरेको स्वागत नृत्यमा प्रस्तुत शब्द जस्तै सय थरि गोडा भएपनि एउटै चाल र बाजा सयथरि भएपनि ताल एउटै हुनुपर्ने उनले बताए। ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहानले आफू विगत ११ वर्षदेखि नेपाली समुदायसंग निकट रहेको उल्लेख गर्दै कार्यक्रममा पाएको न्यानो आतिथ्यप्रति आभार व्यक्त गरे।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, मिसेस नेपाल यूके संस्थापक मनिषा डंगोल श्रेष्ठले पनि च्यारिटीको प्रशंसा गरेका थिए। दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा मिसेस नेपाल यूके टिमले प्रस्तुत गरेको करिब आधा घण्टाको अपांग र नारी सम्बन्धि सन्देशमुलक नाटकले सहभागी सबैको मन जित्यो।

आस्था जोशी र अमृता गिरी गजुरेलले स्वागत मन्तव्य दिए भने गिता बस्नेत पाण्डे र प्रिमा भट्टराईले मस्तिष्क पक्षघात रोग र सहयोग प्रदान गर्न लागिएको संस्था अनि त्यहां आश्रित बालबालिकाको स्थितिबारे पावर पोइन्ट प्रिजेन्टेसन दिएका थिए।

अन्जु श्रेष्ठ, शर्मिला पछाइ थापा र शंकर गजुरेलले गायन प्रस्तुत गरे। गिता बस्नेत पाण्डे र अमृता गिरी गजुरेलको रुपै मोहनी नारान… बोलको गीतमा प्रस्तुत नाचले धेरैको ध्यान आकृष्ट गरयो। उक्त अवसरमा आस्था जोशी, मन्जु शाह, प्रिमा भट्टराई, पुनम गुरुङ, दीपक थापा मैथाने लगायतले पनि नृत्य गरे।
कान्तिपुरबाट ।

सांस्कृतिक कार्यक्रमका लागि बेलायत जाँदैछन् यी कलाकार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK