“बेबी मसाज”लाई विदेशमा लोकप्रिय बनाउदै नेपाली चेली नास्मा (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

“बेबी मसाज”लाई विदेशमा लोकप्रिय बनाउदै नेपाली चेली नास्मा (भिडियो सहित)

13 September, 2015 | Sandeep Bhattarai | 765 Views | comments

हिरालाल श्रेष्ठ,स्विट्जरल्याण्ड – नेपालका नेवार समुदायले गर्ने बेबी मसाजलाई नेपाली चेली नास्मा साईब्लर-श्रेष्ठले स्विट्जरल्याण्डमा लोकप्रिय बनाएकी छन्।

baby

३२ वर्ष पहिला स्विट्जरल्याण्डको अस्पतालमा नास्माले पहिलो छोरी जन्माए पछि सुत्केरी छोरी र नातिनी भेट्न त्यहाँ पुगेकी उनकी आमाले नातिनीलाई मालिस गरेको देखेर त्यहाँका सबै छक्क परे। नेवार समुदायमा प्रचलित तेल लगाउने विधि (बेबी मसाज) यति लोकप्रिय भयो कि अस्पतालका नर्स, मिडवाइफ, फिजियोथेरापि सम्मले सिक्न चाहे । गर्भ रहँदा विशेष ध्यान दिएर अस्पतालमा बच्चा जन्माउनुपर्छ भन्ने थाहा भए पनि बच्चासँग संवाद गर्दै आमा वा परिवारका अन्य सदस्यले मालिस गर्ने विधि थाहा नपाएका त्यहाँका स्वास्थ्यकर्मी र मानिसहरूलाई नास्माले सिकाइन्, एक वर्षपछि बेबी मसाज स्कूल खोले। स्वीट्जरल्याण्डको जुरिक शहरमा खोलिएको उनको स्कूलले अहिलेसम्म हजारौ भन्दा धेरै लाई तालिम दिइसकेको छ।

नेवार समुदायमा प्रचलित “बेबी मसाज” बारे नास्माले लेखेको पुस्तक अंग्रेजी र जर्मन भाषामा प्रकाशित भइसकेको छ।स्विट्जरल्याण्डको जुरीख शहरमा स्थाई बसोबास गर्दै आएकी नास्माले ८ सेप्टेम्बर २०१५ का दिन नेपालको धुलिखेल अस्पतालको एक कक्षमा “बेबी मसाज बिएमएन ” पाइलट-परियोजना संचालन गरेकी छन्। उक्त पाइलट-परियोजनाको उद्घाटन नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. उर्स हेरनले गरेको थियो।

“बेबी मसाज” बारे थप जानकारीको लागि नास्मा द्वारा संचालीत वेवसाईट www.bmn-newar.ch हेर्न सकिन्छ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK