बेगनास ताल सफा गरे मोक्षले

ENGLISH

बेगनास ताल सफा गरे मोक्षले

5 September, 2015 | Sandeep Bhattarai | 1850 Views | comments

मोक्ष निकेतन गुरुकुलका गुरु श्रमातित मोक्षले कास्की लेखनाथको बेगनास ताल सफाई गरेका छन् । बेगनासमा उनले ताल वरिपरि यत्रतत्र फालिएका प्लास्टिक, पेय पदार्थका बोतल, सिसाहरु, ड्राइफुडका प्याकेटहरु, जंक फुडका प्याकेटहरु लगाएतका नकुहिने र जैबिकतालाई असर पार्ने खालका फोहर टिपेका छन् । साथै उनले ह्रासका ह्रास जलकुम्भी पनि टिपेका छन् ।

b

बेगनास ताल १९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने पर्यटकको ब्यबहारले हाल फोहोर बनेको छ ।बेगनास सफाईलाई कशैले आर्थिक सहयोग गरेको छैन । यो उनले आफ्नै निजि खर्चमा गरेका हुन् त्यो पनि एक्लैले । टिपेको नकुहिने तथा जलकुम्भी फोहर उनले लेखनाथ नगरपालिका अन्तर्गतको बेगनास ताल संरक्षण तथा ब्यबस्थापन समितिलाई बुझाएका छन् । भारतबाट आमसंचारमा पिएचडी गरेका २८ बर्षीय मोक्ष हरियाणाका प्रोफेसर हुन् भने उनि त्यहां एकेडिमिक काउन्शिलमा कार्यरत छन् ।

b1

जनाईपुर्णिमामा एक्लै गोशाईकुण्डको सफाई गरेका गुरु श्रमातित मोक्ष रसुवाबाट फर्किएपछि सिधै मुगुको रारा ताल सफाईका लागि हान्निए एक्लै तर लगातारको बन्द र आन्दोलनले बाटोमै अड्किए । उनी मुगु पुग्नु त के चितवनबाट अघि बढ्नै सकेनन । आन्दोलनले आक्रान्त तराईले उनको रारा सफाई अभियान अहिलेलाई पुरा हुन पाएन । त्यसपछि उनि पोखरा पुगे । फेवा ताल सफाई गर्न पुगेका उनि मगरात बन्दले त्यहां पनि पुग्न सकेनन र वरैबाट लागे बेगनास तिर र लेखनाथ नगरपालिकामा अबस्थित कास्कीको दोश्रो ठुलो ताल बेगनास सफाई शुरु गरे ।

b2

मासिक ८१ हजार आइसी तलब बुझ्ने मोक्ष यस्तो काम गर्न पाउंदा औधि खुशी लाग्ने बताउंछन । जागिरबाट फुर्सद पाउनेबित्तिकै हिमालयको साक्षात्कार गर्न र प्रतक्ष्य हुन उनि औधि मन पराउंछन । भन्छन- ‘मेरो मृत्यु हिमालयमै साधना गर्दा गर्दै भएको हो, सन् १५०५ को ठुलो भूकम्पमा, हिम पहिरोले सोहोरेर, उत्तर भारतमा । उनको मोक्ष निकेतन गुरुकुल अन्तर्गत धेरैले दीक्षा समेत लिईसकेका छन् ।

b3

यसअघि उनले त्रिभुवन विश्वविद्यालय, काठ्माण्डौ विश्वविद्यालय, सिओल थियोलोजिकल विश्वविद्यालय अन्तर्गत हजारौं विद्यार्थीलाई पढाईसकेका छन् । उनका चर्चित सिद्दान्तहरु समेत छन् जनाईपुर्णिमामा एक्लैले पुरै गोशाईकुण्ड सफाई गर्दा उनले भनेका थिए- ‘अघिल्लो जन्ममा संसारकै प्रथम वातावरणबिद गुरु जम्भेश्वर संग हरियाणामा सन् १४०० मा मिलेको संगतका कारण यस्तो काममा आनन्द आउने हो । हाम्रा स्वर्गजस्ता स्थानहरु फोहर हुनु हुंदैन, ति सधैं निर्मल र स्वच्छ रहनुपर्छ, यदि फोहर छ भने तिनको सफाई हाम्रो जिम्मेवारी हो ।‘

b4

अरबौं बजेट खर्च गरेर पनि सफा हुन नसकेका सरकारी योजना तथा एनजीओलाई उनले चुनौती दिएका छन् । सब्बै भन्छन- यी २८ बर्षे गुरुजस्तै सब्बै भैदिए देश फेरिन कति समय लाग्थ्यो र ! रारा सफाईका लागि हिंडेका मोक्ष बन्दले यतै अड्किएपछि तराईको बन्द खुल्ने प्रतिक्षामा छन् !

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK