बेइजिङमा सोरठी र पञ्चैबाजा

ENGLISH

NRN GLOBAL

बेइजिङमा सोरठी र पञ्चैबाजा

1 November, 2017 | Sandeep Bhattarai | 1975 Views | comments

नृत्य महोत्सव

चीनको राजधानी बेइजिङमा हालै आयोजित ‘ट्रेडिसनल डान्स पर्फमेन्स एन्ड एक्सचेन्ज’ नृत्य महोत्सवमा नेपालले पनि भाग लिएको छ ।

बेइजिङ डान्स एकेडेमीले गरेको कार्यक्रममा नेपालको तर्फबाट संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको टोलीले सहभागिता जनाएको हो । प्रतिष्ठानले जारी गरेको विज्ञप्तिअनुसार गत शनिबार सम्पन्न कार्यक्रम अन्तर्गत विभिन्न देशका लोक तथा परम्परागत संस्कृतिहरूबारे सेमिनारसमेत गरिएको थियो । नेपालका तर्फबाट डा. घनश्याम खतिवडाले ‘नेपालका परम्परागत लोक नृत्यहरूबारे’ कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै, दीपेन्द्रकुमार बानियाँ, कल्पना वादी, दिपीका शर्माले सोरठी नृत्य प्रस्तुत गरेका थिए । धनबहादुर गुरुङ, धनबहादुर गायक, माधवप्रसाद त्रिपाठीले सोरठी गीत र पञ्चेबाजाका मौलिक धुनहरू सुनाएका थिए । कार्यक्रमका प्रस्तुतिहरूमध्ये नेपालको प्रस्तुति मौलिक, परम्परागत र लोक प्रस्तुति भएको प्रतिष्ठानले दाबी गरेको छ ।

चीनका विभिन्न प्रान्तका साथै विदेशबाट समेत सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय परम्परागत नृत्य महोत्सवमा प्रज्ञा प्रतिष्ठानको सांस्कृतिक प्रस्तुतिले महत्त्वपूर्ण स्थान पाएको कुलपति सरुभक्तले जनाए । आगामी दिनमा नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरू आयोजना गरिने सहमति भएको पनि विज्ञप्तिमा जनाइएको छ । कार्यक्रमको अवसर पारेर नेपाली सांस्कृतिक टोलीलाई चीनस्थित नेपाली रदूतावासले रात्रिभोजको आयोजना गरेको थियो । नेपालबाट प्रतिष्ठानका कुलपति सरुभक्तसँगै उपकुलपति शम्भुजित बाँस्कोटा, प्राज्ञ उन्नति बोहरा ‘शिला’, प्राज्ञ माधव प्रधान, डा. घनश्याम खतिवडा, दीपेन्द्रकुमार बानियाँ र कलाकार टोली गरी १२ जना सहभागी थिए ।

कान्तिपुरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK