बेइजिङमा अब नेपाली रेष्टुरेन्ट

ENGLISH

NRN GLOBAL

बेइजिङमा अब नेपाली रेष्टुरेन्ट

11 September, 2016 | Bipin Acharya | 1010 Views | comments

बेइजिङमा अब चिनियाँले रेस्टुरेन्टमा गएर मस्यौरा, गुन्द्रुक, ढिँडो, सिस्नोको खोले, साँधेको भटमास र फापरको रोटीलगायत नेपाली खानेकुरा खान पाउने भएका छन् । बेइजिङ सहरको उत्तरी भागमा रहेको प्रख्यात ओलम्पिक स्थल बर्डनेस्टको आडैमा चिनियाँ र नेपाली लगानीमा नेपाली परिकार पाक्ने नमस्ते रेस्टुरेन्ट आगामी असोज ६ बाट सञ्चालनमा आउने भएको छ ।

res

दुई करोड चिनियाँ युआनभन्दा बढी लगानी भएको रेस्टुरेन्टमा ७५ प्रतिशत चिनियाँ (तिब्बती) र २५ प्रतिशत नेपालीको लगानी रहेको छ । खानेकुरामा ७० प्रतिशत नेपाली र ३० प्रतिशत तिब्बती परिकार हुने रेस्टुरेन्टका प्रबन्ध निर्देशक ताइजस कक्षपतीले बताए ।

तिब्बती परिकार भए पनि चिनियाँ परिकारचाहिँ रेस्टुरेन्टमा पाइने छैन । रेस्टुरेन्ट बनाउन पाटनको कुमारी झ्याल, ढुंगेधारा, विभिन्न मन्दिरमा राखिएका घण्टीहरूलगायत इँटा पनि नेपालबाटै ल्याइएको छ । चिनियाँ सहयोगमा बनेको कारखानाले नेपालमा उत्पादन गरेको रातो चिल्लो इँटा, जसलाई काठमाडौंमा चाइनिज इँटा भनिन्छ त्यो पनि काठमाडौँबाट ल्याएर रेस्टुरेन्टको सजावट गरिएको छ । रेस्टुरेन्टको भित्री सजावटका रूपमा कुँदिएका काठ तथा ढुंगाका बुट्टाहरूले नेपालको झझल्को दिन्छ ।

रेस्टुरेन्टमा ठूलोसानो गरी २२ वटा हलहरू छन् । सानो हल ६ जनाको पारिवारिक खानाका लागि उपयुक्त छ भने मझौला जमघट गर्नका लागि २० जनासम्म अट्ने हल छ । खुल्ला रेस्टुरेन्ट १ सय ५६ जना अट्ने क्षमताको छ भने कफी सपमा ३० जना अटछन् । त्यसैगरी २४ जना अटाउने बार सिटिङ छ । ६० जना अटाउने एउटा हल छ । खुल्ला रेस्टुरेन्टसँगै सांस्कृतिक प्रस्तुति गर्न मिल्ने मञ्च पनि रहेको छ । रेस्टुरेन्ट पूरा सञ्चालन हुन थालेपछि ९२ जनाले रोजगारी पाउनेछन् । नेपालबाट २४ जना कामदार ल्याउने र बाँकी चिनियाँ कामदार राख्ने बताइएको छ ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK