बुवाको हत्याको बदला लिन ओसामा बिन लादेनका छोराले अलकायदाको नेतृत्व सम्हाल्दै

ENGLISH

WORLD

बुवाको हत्याको बदला लिन ओसामा बिन लादेनका छोराले अलकायदाको नेतृत्व सम्हाल्दै

14 May, 2017 | Bhawana Pathak | 660 Views | comments

एफबीआइका पूर्व एजेन्टले अल कायदाका नेता ओसामा बिन लादेनको हत्यापूर्व गरिएको छानबिनमा भेटिएका पत्रअनुसार उनका छोरा हुम्जाले उक्त आतंककारी संस्थाको नेतृत्व सम्हाल्ने तयारी गरिरहेको बताएका छन् ।

९/११ को हमलापश्चात् बनाइएको अनुसन्धान टोलीको नेतृत्व गर्ने अली सौफानले सिबीएस न्यूजसँगको अन्तर्वार्तामा बुवालाई निकै माया गर्ने हम्जाले ओसामा बिन लादेनको विचारधारालाई आत्मसात गर्न र बुवाको हत्याको बदला लिन अल कायदाको महत्वपूर्ण नेतृत्वमा रहन तयारी गरिरहेको बताएका छन् ।

हाम्जाले २२ वर्षको हुँदा लेखेको पत्रमा ‘आफू भगवानको लागि जिहादमा जान लागेको र यसैका लागि बाँचिरहेको’ भनी लेखेको पत्रलाई सौफानले सार्वजनिक गरेका छन् ।

सौफानका अनुसार अहिले २८ वर्ष पुगेका हम्जाले जिहादी आन्दोलनका लागि मानिसलाई प्रभावित पार्ने र यसका लागि एकताबद्ध गर्न सक्छन् । पूर्व एफबीआई एजेन्ट भन्छन्, ‘लादेन र उनका छोराबिच निकै समानता छ । उनका सार्वजनिक भएका मेसेजमा उनी बिन लादेनले जसरी भाषण दिन्थे त्यसरी नै उनले पनि मानिसहरुलाई सम्बोधन गरिरहेका देखिन्छन् । हाम्जाले बिन लादेनले प्रयोग गर्ने शब्दावली र तरिका ठ्याक्कै अनुसरण गरेका छन् ।’

हम्जाले दुई वर्षको अवधिमा दुई अडियो सन्देश रेकर्ड गरेका छन् । जसमा उनले भनेका छन्, ‘अमेरिकी जनता, हामी आउँदैछौं र यो तिमीहरुले महसुस गर्नेछौ । तिमीले मेरो बुवालाई जे गर्यौ त्यसको बदला लिनेछौं… इराक… अफगानिस्तान… सबै कुरा बदलाको हो ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK