बुबाको मृत्यु बारे माइकल ज्याक्सनकी छोरीको यस्तो खुलासा

ENGLISH

ENTERTAINMENT

बुबाको मृत्यु बारे माइकल ज्याक्सनकी छोरीको यस्तो खुलासा

26 January, 2017 | Bhawana Pathak | 780 Views | comments

पप म्युजिकका निकै चर्चित व्यक्ति माइकल ज्याक्सनले ८ वर्ष पहिले नै यो संसारबाट बिदावारी भएर गइसकेका छन् तर उनीसँग सम्बन्धित समाचार अझै पनि समयसमयमा चर्चाको विषय बन्ने गर्दछ ।सन् २००९ को जुन २५ तारिखमा मृत्यु भइसके पनि उनी संसारका अत्यधिक कमाई गर्ने मृतक सेलिब्रिटी मध्येका एक हुन् ।

michael-jackson

तर उनको मृत्युसँग जोडिएको एउटा यस्तो खबर आएको छ जुन मानिसहरुबिच प्रश्नचिन्हको रुपमा उत्रिन सक्छ ।माइकल ज्याक्सनकी एक्ली छोरी पेरिसका अनुसार उनको बुवाको मृत्यु नभई हत्या भएको हो ।

पेरिसले रोलिङ स्टोनलाई दिएको एक अन्तर्वार्तामा आफ्नो बुवाको मृत्यु एक षड्यन्त्रको उपज भएको दाबी गरेकी छिन् ।पेनकिलर औषधी ओभरडोज भएको कारण पपका सुपरस्टार ज्याक्सनको हृदयघातका कारण मृत्यु भएको भनिएको थियो ।

तर पेरिसलाई बुवाको मृत्यु यति सिधा र सरल नभएको बताउँछिन् । उनले भनिन्, ‘केही मानिसहरु आफ्नो पछि लागरिहेको भनी बुवाले कहिलेकाँही संकेत दिनुहुन्थ्यो ।’‘बुवाले उनीहरुले आफूलाई एकदिन मारिदिनेछन् पनि भन्नुहुन्थ्यो, ’ पेरिस थप्छिन् ।

बुवालाई हत्या गरिएको हो त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पक्कै पनि । किनभने यो स्पष्ट छ । सबै कुरा यसैतर्फ इशारा गर्दछ । यो एक प्रकारको षड्यन्त्रको कहानी जस्तो देखिन्छ ।’आफ्नो बुवाको मृत्यु होस् भन्ने केही मानिसहरुको चाहना भएको बताउने पेरिसले त्यस्ता व्यक्तिलाई पुलिसको दायरामा ल्याउन कोसिस गरिरहेकोसमेत बताइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK