“बुद्ध, म र नेपाल मनोरञ्जन साँझ २०७३“सम्पन्न

ENGLISH

ENTERTAINMENT

“बुद्ध, म र नेपाल मनोरञ्जन साँझ २०७३“सम्पन्न

31 July, 2016 | Sandeep Bhattarai | 795 Views | comments

बुद्ध , मि एण्ड नेपालले भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १०० फिट अग्लो मूर्ति तथा शिक्षालय स्थापनार्थ साउन १४ गते राजधानीको प्रज्ञा भवनमा “बुद्ध, म र नेपाल मनोरञ्जन साँझ २०७३“ नामक एक भब्य मनोरन्जनात्मक सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

बुद्ध, म र नेपाल मनोरञ्जन साँझ

कार्यक्रमको सुरुवात चर्चित गायिका कोमल ओलीले आफ्ना चर्चित गीतहरु गाएर गरिन । उनको पछिल्लो समयमा चर्चित रहेको तिज गीत पोइ पाउँ भनेर गीत गाउँने लास्टै चोटि हो लगायतका गीत दर्शकहरुसंगै नाच्दै गाएकी थिईन । कार्यक्रममा चर्चित हाँस्य कलाकारहरु किरण के.सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले धेरैलाई हसाएको थियो । उनीहरुले देशको परिस्थितीको वारेमा व्यगंतामक रुपले राजनीतिलाई घोचपेच गरेका थिए । त्यस्तै दिपकराज गिरी, दिपाश्री निरौलाको पृथक प्रस्तुतीले दर्शकलाई थप मनोरंजन प्रदान गरेको थियो ।

सुरेन्द्र के.सी., शिव शंकर रिजालको प्रहसनले गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्य अनुरूपको सन्देशमूलक मनोरंजन दिएको थियो । कार्यक्रममा शंकर वि.सी. र पार्वती राईको नृत्यमा दर्शकहरु निकै रमाएका थिए । त्यसै गरि नायक सुशिल क्षेत्री तथा नायीका तथा निर्मात्री जेनी कुँवरको नृत्यलाई पनि दर्शकहरुले हुटिङ्ग दिईरहेका थिए । गायक डिजराज पौडेलले आफ्नो निकै चर्चित गीत तिमी आउने बाटोमा गाउदा दर्शकहरु मन्त्र मुग्ध भएका थिए । राजेश पायल राइले आफ्ना चर्चित गीत गाएर थप मनोरन्जन प्रदान गरे । कार्यक्रम संचालनको जिम्मा लिएका हाँस्य कलाकार मनोज आचार्य र विल्सन विक्रम राईले पनि दर्शकहरुलाई पटक पटक हसाएको बुद्ध, मि एण्ड नेपाल नामक संस्था नेपालको ७५ वटै जिल्लामा १०० फिट भन्दा अग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने निकै महत्वपुर्ण र महान लक्ष्य बोकेर स्थापना भएको संस्था हो । यसै क्रममा पहिलो पटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य अनुरुपयस कार्यक्रमको आयोजना गरिएको हो ।

यस योजनालाई साकार बनाउन र सफल बनाउन सहयोगार्थ नियमित कायक्रमको आयोजना गरिने संस्थाका अध्यक्ष गौतम मान सिंहले जानकारी दिनु भयो । संस्थामा नेपालका चर्चित कलाकार,व्यापारी,समाजसेवीहरुको संलग्नता रहेको छ । यस अभियानमा सवैको सहभागीता गराउनु पर्छ भन्ने अभिप्राय स्वरुप संस्थाका आजिबन सदस्यहरुले ’शान्तिपूर्ण र बिकसित नेपाल हाम्रो आगामी पुस्तालाई हस्तान्तरण गरौँ ’ भन्ने प्लेकार्ड शो गरेका थिए ।

सांगीतिक कार्यक्रम

कार्यक्रममा संकलन भएको रकम सिन्धुपाल्चोक जिल्लामा १०० फिट अग्लो बुद्धको मूर्ति र बुद्ध शिक्षालयमा खर्च गरिने जानकारी संस्थाका उपाध्यक्ष शिवहरि पौडेलले जानकारी दिनु भयो । संस्थामा अध्यक्ष गौतम मान सिंह हुनुहन्छ, जो रेयुकाई नेपालका अध्यक्ष समेत हुनुहुन्छ । उपाध्यक्षमा कलाकारहरु, किरण के.सी, शिवहरि पौडेल, सुरेन्द्र के.सी महासचिवमा गायिका सुनिता दुलाल, सचिवमा गायक डिजराज पौडेल अन्य सदस्यहरुमा शिवशंकर पान वाला,मृगेन्द्र भट्राई अम्बिका डंगोल, उर्मिला श्रेष्ठ हुनुहुन्छ ।

आजिवन सदस्य बन्नचाहने सदस्यहरु दिन प्रतिदिन बढ्दो रहेको जानकारी संस्थाले दिएको छ । आगामी दिनहरुमा पनि विभिन्न कलाकारहरुको साथ लिएर देशै भर उद्देश्य अनुसार गौतम बुद्धले दिएको सन्देश र ज्ञानलाई आत्मसात गर्न प्रेरित गराउन विभिन्न कार्यक्रमहरु आयोजना गरिने जानकारी संस्थाका अर्का उपाध्यक्ष किरण के.सी.ले दिनु भयो ।

दिपकराज गिरी, दिपाश्री निरौला

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK