बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति यात्रा

ENGLISH

NRN GLOBAL

बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति यात्रा

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

15 May, 2017 | Sandeep Bhattarai | 565 Views | comments

बुद्ध जयन्ती

२५ ६१ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोको डेनभर डाउनटाउनमा आइतबार शान्ति यात्रा प्रदर्शन गरिएको छ ।

कोलोराडोमा सक्रिय संघ संस्थाको आयोजनामा, बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति यात्राको आयोजना गरिएको हो ।

शान्ति यात्रा सुरुहुनु अघि डाउनटाउन स्थित सिवीक सेन्टर पार्कमा बौद्धगुरु अक्कल तमाङले बुद्धको विशेष पुजा गरेका थिए । विशेष पूजा पछि ताईवानी लामा गुरु लोप्पन रेछ्युङ्ग रिन्पोछेले बुद्धको महाबाणी र बुद्धत्व प्रप्तीको बारेमा प्रवचन दिएका थिए ।

प्रवचन पछि सोही स्थानबाट सुरु भएको शान्ति यात्रा सिक्सटिन स्टिड महल परिक्रमा गरि पुःन सिवीक सेन्टर पार्कमा आई कोण सभागरी बिसर्जन गरिएको थियो । यात्रामा सहभागीहरुले नेपालको झण्डा,बुद्धको प्रतिमा, बुद्धको तस्विर, ध्वजा पतंगा लिएर धिमे बाजाको तालमा नगर परिक्रमा गरेका थिए । यात्राको क्रममा स्थानीयहरुले ताली बजाएर तथा हात हल्लाएर स्वागत र समर्थन गरेका थिए ।

बुद्ध जयन्ती

रकी माउण्टेन फ्रेन्डस् अफ नेपालको संयोजनमा तथा नेपाली घर, तमुधि कोलोराडो, तमुपेलु, एनआरएनए, जनसम्पर्क समिती कोलोरोराडो, अन्तराष्ट्रिय साहित्य समाज, हिमालयज लायन्स क्लव लङमन्ट, प्रवासी नेपाली मन्च, नेवा खःल, बिआरटि नेपाल, यूएस नेपाल न्यूज, किरात राई सोसाईटी अफ अमेरीका, संखुवासभा समाज लगायतका संघ संस्थाहरुको आयोजनामा शान्तियात्रा सम्पन्न भएको हो ।

शान्तियात्रा पछिको कोण सभालाई रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रिपाठी, साहित्यिक पत्रकार ब्याकुल पाठक, नेपाली घरका महासचिव लछुमण राना, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, तमुधिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, जनसम्पर्क  समिती कोलोराडो अध्यक्ष गणेशराज भण्डारी, संखुवा सभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, बौद्ध गुरु अक्कल तमाङले संम्बोधन गरेका थिए ।

बुद्ध जयन्ती

उनीहरुले बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन आयोजित कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याएकोमा सहभागी सबैलाई धन्यबाद दिएका थिए ।

२५६१ औं बुद्ध जयन्ती पोर्चुगलमा भब्य रुपमा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK