बुद्धको मूर्ति र लुम्बिनीको माटो मेलवर्नमा सजाएर राखिने

ENGLISH

NRN GLOBAL

बुद्धको मूर्ति र लुम्बिनीको माटो मेलवर्नमा सजाएर राखिने

4 November, 2017 | Kunjar Bhattarai | 2365 Views | comments

सानु घिमीरे अष्ट्रेलिया – आफ्नो कला, संस्कृति, रीतिरिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यसलाई निरन्तरता दिनका लागि अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण कार्यलाई तीव्रता दिने अभिप्रायले आगामी डिसेम्बर १८ देखि २४ सम्म वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन हुने सप्ताहब्यापी महापुराण ब्यबस्थापन कार्यको अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा चन्द्र पोखरेल र संस्थापक अध्यक्ष रन्जन बैद्यले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा शुभारम्भ गर्नु भयो ।

त्यस लगत्तै ९ बर्षीया प्रबृति गौतमले अनपेक्षित रुपमा सबैलाई आश्चर्य चकित तुल्याउँदै करिब ढाइ मिनेट पुरै संस्कृतमा कार्यक्रम सफलताको लागि आशिरवचन गर्नु भएको थियो । मेलबर्नमा नेपाली आस्था र पहिचान कायम गर्न पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने कार्यको लागि आवश्यक पर्ने कोष संकलन अभियानको लागि बिशेष सहायक मानिने यस महापुराण कार्यक्रमलाई ब्यबस्थित र सफल तुल्याउन क्षेत्रीय संयोजकहरु सहितको ५०१ सदस्यीय ब्यबस्थापन समितिको ब्यबस्था गरिएको छ ।

यो परियोजनाको लागि लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका तर्फबाट लुम्बिनीको माटो प्रदान गरिने प्रतिबद्धता अनुरुप प्रो डा. कबिताराम श्रेष्ठले लुम्बिनीको माटो वेलायत लग्नु भएकोले अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ अभियानको कामको सिलसिलामा युरोप भ्रमणमा जानु हुँदा लुम्बिनीको माटोबाट वेलायत निवासी कृष्ण दर्लामीले गोलाकार बृत्तभित्र वुद्धका दुई पाइतालाको आकार दिएर बनाउनु भएको सामग्री वेलायतबाट ल्याइ केन्द्रका अध्यक्ष डा चन्द्र पोखरेल र संस्थापक अध्यक्ष रन्जन बैद्यलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

स्मरण रहोस् अभियानका विश्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, गोरखापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पहिलो रजिस्टार एबं अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल च्याप्टरका कोषाध्यक्ष धर्म बहादुर शाक्य, अभियानका नेपाल च्याप्टरका सचिब निलेश अधिकारी लगायतका टिम लुम्बिनी जानु भएको बेला लुम्बिनीका भिक्षु टुण्डुकले विश्व शान्तिका प्रतिक वुद्ध जन्मस्थल लुम्बिनीको पवित्र माटो अभियानका विश्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठलाई गत मार्चमा विधिवत हस्तान्तरण गर्नु भएको थियो ।

बुद्ध जन्मस्थल   नेपालको लुम्बिनीको उक्त पवित्र माटोबाट बनाइएको सो सामग्री मेलबर्नमा निर्माण गरिने सो केन्द्रको बिशेष शोकेसमा वुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको जानकारी सहित सजाएर राख्ने ब्यबस्था गरिनेछ ।विश्व संयोजक श्रेष्ठले अभियानले सामुदायिक केन्द्रलाई प्रदान गर्ने निर्णय गरिएको सुनको जलप सहितको तीन फिट अग्लो करीब ५२ केजी तौलको बुद्धको मूर्ति नेपालबाट यथाशीघ्र अस्ट्रेलिया ल्याउन पनि आग्रह गर्नु भयो ।

स्मरण रहोस्, ३० डिसेम्बर, २०१५ मा अभियानको सातौं बार्षिकी मनाउने क्रममा अभियानका तर्फबाट विश्व संयोजक श्रेष्ठले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई ती देशका पाठ्यपुस्तकमा वुद्धको जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन लेखिएको छ । पेज लामो अनुसन्धनात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेकै बेला उक्त मूर्ति पनि नेपाल सरकारका तर्फबाट अस्ट्रेलिया पठाउने ब्यबस्था गरिदिने आग्रह गर्दै नेपाल सरकारलाई प्रमुख अतिथि मार्फत हस्तान्तरण गरिएको थियो ।

उक्त बुद्धको मूर्तिलाई पनि सामुदायिक केन्द्रको विशेष  शोकेसमा  बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको जानकारी सहित सजाएर राख्ने ब्यबस्था गरिनेछ ।उक्त कार्यक्रममा श्रीमती दिल माया श्रेष्ठले कार्यक्रम सफलताको कामना गर्दै सप्ताहब्यापी महापुराणमा लाख बत्ति बाल्ने घोषणा पनि गर्नु भएको थियो ।

बुद्ध भिजन ओमानद्वारा २५६१ औं बृद्ध जयन्ती सम्पन्न

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK