बीबीसी विश्व सेवाका पत्रकार नवीन सिं खड्का सम्मानित

ENGLISH

NRN GLOBAL

बीबीसी विश्व सेवाका पत्रकार नवीन सिं खड्का सम्मानित

29 July, 2017 | Bipin Acharya | 560 Views | comments

बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्का सम्मानित भएका छन्। युरोपबाट सञ्चालित अनलाइन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो वार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित भएका हुन्। शुक्रबार जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना गरिएको बिशेष समारोहमा उनलाई सम्मान गरिएको हो।

बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशित/प्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँका जनजीविकामा परिरहेको असरका बारे रिपोर्टहरु गर्ने गरेका छन्। गत बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर रिपोर्ट गरिसकेका खड्का १५ वर्ष अघि बीबीसीमा प्रवेश गरेका थिए।

बीबीसी अघि उनले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका मिडियामा काम गरेका थिए। दक्षिण एसियासम्बन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन्।

एक बिशेष समारोह बीच पत्रकार खड्कालाई प्रमुख अतिथिको रुपमा सहभागी जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले सम्मान गरेका छन् । सो समारोहमा बिशेष अतिथिका रुपमा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,बर्तमान अध्यक्ष शेष घले तथा पुर्ब अध्यक्ष जीवा लामिछाने पनि सहभागी थिए।

कार्यक्रममा बोल्दै पत्रकार खड्काले सम्मानले आँफुलाई झनै जिम्मेबारी बनाएको बताए। नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले पत्रकार खडकालाई सम्मान गर्न पाउदा खुशी ब्यक्त गरे। गत बर्ष मिडियाले बीबीसीका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई सम्मान गरेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK