बिश्वकर्मा समाज नेपाल युएईले प्रथम बार्षिकोत्सब मनाउने

ENGLISH

NRN GLOBAL

बिश्वकर्मा समाज नेपाल युएईले प्रथम बार्षिकोत्सब मनाउने

साथमा बिभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

29 June, 2016 | Sandeep Bhattarai | 1765 Views | comments

उत्तम बिक युएई – वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका बिश्वकर्मा दाजुभाई दिदीबहिनीहरुलाई संगठित गरी निर्माण गरेको बिश्वकर्मा समाज नेपाल युएईले आगमी जुलाई १५ शुक्रबारका दिन बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ प्रथम बार्षिकोत्सब कार्यक्रम मनाउने भएको छ ।

bishw

गत १७ जुन २०१६ मा युएईको बरदुबईमा समाजका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा बसेको छैठौं नियमित बैठकले बिभिन्न निर्णयहरु गर्दै प्रथम बार्षिकोत्सब कार्यक्रम युएईमा रहेका नेपाली कलाकारहरुको प्रस्तुती सहित बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउने निर्णय गरेको हो ।कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी समाजका बिभिन्न ब्यक्तीहरुलाई जिम्मेवारी बाडफाड गर्दै बैठकले अगमी १५ जुलाईको बार्षिकोत्सब कार्यक्रम मार्फत युएईमा रहेका नेपालीहरुलाई परेका बिभिन्न समस्याहरुमा सक्रिय रुपमा सहयोग प¥याउने समाजसेबी, बुद्धिजिबी लगायत बिभिन्न ब्यक्तीत्वहरुलाई सम्मान गरिने अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।

समाजका संरक्षक योगेन्द्र सिंह बिश्वकर्मा, प्रमुख सल्लाहाकार देब बिश्वकर्मा लगायत केन्द्रिय समितिका पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु तथा सारजाहा, आबुधबी, दुबई लगायतका क्षेत्रिय अध्यक्षहरुको बिषेश उपस्थिती रहेको उक्त बैठकले बार्षिकोत्सब मनाउने लगायत बिभिन्न बिषयमा बृहत छलफल गरेको थियो ।

बैठकले हालसालै भएको एसएलसी परिक्षमा राम्रो अंक ल्याएर उत्तीर्ण भएका ५ जना अनाथ, गरिब तथा जेहेन्दार बिश्वकर्मा छात्र–छात्रा र कक्षा १० मा अध्यनरत ६८ बर्षिय दुर्गा कामीलाई शिक्षको लागी जनही दश हजार रुपैया आर्थिक सहयोग दिने साथै भूकम्प पीडितको लागी सामूहिक बस्ति बनाउने धुर्मुस सुन्तली अभियानलाई पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यो पनि हेर्नुस -कतारमा खुल्यो पहिलो अभिनय एकेडेमी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK