बिरामीलाई आईसीयुमै बलात्कार गर्ने दुई डाक्टर पक्राउ

ENGLISH

WORLD

बिरामीलाई आईसीयुमै बलात्कार गर्ने दुई डाक्टर पक्राउ

बिरामीलाई अचेत हुने औषधी खुवाएर बलात्कार

11 September, 2016 | arjun baral | 1380 Views | comments

balatkar

बिरामीलाई बलात्कार गरेको आरोपमा भारतमा दुई डाक्टर पक्राउ परेका छन् । एपोलो अस्पातालको इन्सेन्टिभ केयर युनिट (आईसीयु) मा उपचार गराईरहेकी एक २१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारमा सघाउने अर्का डाक्टर पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनामाथि बलात्कार र महिला माथि दुव्र्यबहार गरेको मुद्दा लगाइनेछ।

प्रहरीका अनुसार चिकित्सकले बिरामीलाई अचेत हुने औषधी खुवाएर बलात्कार गरेका थिए । डेंगुको उपचारका लागि पुगेकी उनीमाथि दुईपल्ट बलात्कार भएको प्रहरी इन्स्पिेक्टर के के पान्डेले बताएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

एपोलो अस्पतालले सो घटनामा संलग्न चिकित्सकलाई कडा कारबाही गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेकोले यसबारेमा हामी थप अनुसन्धान गरिरहेका छौ एपोलो अस्पतालका अधिकारी सन्दीप जोशीको भनाई उद्घृृत गर्दै भारतको एनडीटीबीले जनाएको छ।

सन् २०१२ मा दिल्लीमा बसभित्रै एक मेडिकल छात्राको बलात्कारपछि हत्याको घटनापछि भारतमा बलात्कारलाई निकै चासो दिइन्छ ।

सो घटनापछि भारतमा बलात्कारबिरुद्ध कडा नियम बनाइएका छन् । भारत सरकारले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने नयाँ व्यबस्था गरेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK