बिबादमा पर्ने निर्णय नगर्न राष्ट्रपतिलाई देउवा र दाहालको सझाव

ENGLISH

बिबादमा पर्ने निर्णय नगर्न राष्ट्रपतिलाई देउवा र दाहालको सझाव

24 July, 2016 | Bhawana Pathak | 1580 Views | comments

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गर्नुभएको छ ।

Bidhya-Devi-Bhandari

राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको अलग अलग भेटवार्तामा देउवा र दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाले राष्ट्रपतिसँगको भेटवार्तामा अहिलेकै राजनीतिक विषयमा परामर्श भएको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पार्नुभएको जनाउनु भएको छ । अध्यक्ष दाहालले भेटपछि पत्रकारसँग कुरागर्दै राष्ट्रपति विद्यादेवी भण्डरीलाई विवादमा पर्ने कार्य नगर्न सुझाव दिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि टु्ङ्गो लाग्ने दिन आज उनीहरूबीच भेटघाट भएको हो ।नेपालको संविधानको संक्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पदमुक्त हुने प्रावधान स्पष्ट भए पनि नयाँ सरकार गठनको व्यवस्थाका बारेमा भने प्रमुख दलबीच बहस जारी छ ।कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले गत असार २९ गते प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

दशैं

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै...

ज्योति

ज्योति मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै

सपनाको शहर काठमाडौँ जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK