बिन्ध्यबासिनीका सञ्चालक सुवास रेग्मी माथि आर्थिक तथा नैतिक अधिकार हननको आरोप

ENGLISH

ENTERTAINMENT

बिन्ध्यबासिनीका सञ्चालक सुवास रेग्मी माथि आर्थिक तथा नैतिक अधिकार हननको आरोप

31 January, 2017 | Bhawana Pathak | 575 Views | comments

प्रस्तोता समाज नेपालले बिन्ध्यबासिनी म्यूजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको विषयमा लिखित स्पष्टीकरण माग गरेको छ ।

subash

समाजले टेलिकमबाट प्राप्त हुने रोयल्टीमा प्रस्तोताको रोयल्टी छल्ने नियत राखेर कम्पनीको नाममा आर्थिक तथा नैतिक अधिकार हनन् गरेको, रोयल्टी संकलन व्यवस्थापन, वितरण र प्रतिलिपी अधिकारका सम्बन्धमा भ्रामक दुश्प्रचार गरेकोल भन्दै लिखित स्पष्टीकरण मागेको हो ।

बिन्ध्यबासिनी म्युजिक प्रालि र सो प्रालिका सञ्चालक सुवास रेग्मीलाई प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल, संगीतकार संघ नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संयुक्त रुपमा स्पष्टीकरण मागेका छन् ।

यसअघि पनि कलाकार र स्रष्टाहरूको चरम शोषणा गर्दै आएको आरोप लागेका बिन्ध्यबासिनी म्युजिक प्रालि र त्यसका सञ्चालक सुवास रेग्मीले सर्जकलाई अपमान गर्ने गरेको ठहर समेत गरेको छ । समाजले रेग्मी र उनको कम्पनीलाई ७ दिनभित्र स्पटीकरण चेतावनी समेत दिएको छ । कम्पनी र रेग्मीमाथिका आरोप पुष्टि हुने सबै प्रमाण सुरक्षित रहेको समाजले एक बिज्ञप्ती मार्फत जनाएको छ ।

सुवास रेग्मी र विन्ध्यबासिनीले उचित स्पष्टीकरण नदिएसम्म उक्त कम्पनीलाई व्यापारिक प्रयोजनमा सहयोग गर्दै आएका संस्थाहरूलाई समाजले पत्राचार गरी सहयोग गर्न आग्रह समेत गरेको छ ।

प्रतिलिपी अधिकार ऐनअन्र्तगत रोयल्टी व्यवस्थापनका लागि गठित दुईवटा र गीत संगीतसँग सम्बन्धित दुईवटा गरी ४ वटा मुख्य संस्थाका अध्यक्षहरुको हस्ताक्षरसहितको स्पष्टीकरणको बोधार्थ नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल प्रहरीको साइवर क्राइम शाखामा पठाइएको समाजले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

युरोपेली च्याम्पियन्स लिगको उपाधि रियललाई

स्पेनिस क्लब रियल म्याड्रिडले लिभरपुललाई ३–१ ले पराजित गर्दै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK