बिनाको दशैं गीत सार्वजनिक हुँदै

ENGLISH

ENTERTAINMENT

बिनाको दशैं गीत सार्वजनिक हुँदै

27 September, 2015 | Bipin Acharya | 600 Views | comments

आरपी सहयात्री, नेपाली संगीतमा नयाँ आयाम कोर्ने अभिलाषा सहित बिना लामिछाने (मगर) वेस्टन शैलीको रक गीतका साथ सांगीतिक क्षेत्रमा देखा पर्न लागेकी छिन् । आजभन्दा ४ वर्षअघि आयो झरी… बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेकी बिनाले यही दशैं अघि रातो टीका.. बोलको नयाँ शैलीको गीत बजारमा ल्याउँदै छिन् । पश्चिमी रकिङ शैलीको उक्त गीत नेपाली संगीत पारखीहरुका लागि दशैंको कोसेली स्वरुप सार्वजनिक गर्न लागेको बिनाले बताएकी छिन् |

bina

रातो टीका निधारमा हातमा चुरा
राम्री छु भन्छन् सबले गर्छन् मेरै कुरा
आइदेऊन मेरो छेउमा लाइदेउ चोखो पिरती
बिताउन चाहन्छु म तिमीसँग सारा जिन्दगी

मौलिक नेपाली शब्दलाई वेस्टन रकिङ शैलीमा गाएर नेपाली संगीतमा नवीन प्रयोग गरेको गायिका लामिछानेले बताएकी छिन् ।
यो गीतले नेपाली सागीतमा नयाँ बाटो कोर्ने कलानिधी संगीत महाविद्यालयमा संगीतको अध्ययन गरिरहेकी पौराइ, रौतहटकी गायिका लामिछानेले जानकारी दिइन् ।

बाल्यकालमै गीतहरु भनेपछि हुरुक्कै हुने लामिछाने गीतसंगीतको नशाले काठमाडौंमा संघर्ष गरिरहेको बताउँछिन् । सुरुमा लोकगीतप्रति झुकाव राख्ने उनले संगीतको औपचारिक अध्ययन र निरन्तरको साधनाले सबै प्रकृतिका गीतहरु गाउने बताइन् । कविता, गीत र गजल लेखनमा रुचि राख्ने लामिछाने आफै शब्द रचना गर्छिन्, संगीत पनि भर्छिन् । त्यसो त गीतका शब्दलाई श्रृतिमधुरताका साथ स्वरमा ढाली गीतलाई जीवन्त र कर्णप्रिय पार्न आफू सिपालु रहेको बताउँछिन् ।

आफ्नै शब्दमा डोरेमी स्टुडियोले म्युजिक एरेन्ज गरेको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरंग ल्याउने गायिका लामिछानेले दाबी गरेकी छिन् । उक्त गीतको म्युजिक भिडियो पनि समन अधिकारीको निर्देशनमा बनिरहेको उनले बताइन् । गायिका बिना लामिछानेलाई सांगीतिक सफलताको अग्रिम शुभकामना ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK