बाहुबलीसंग डराउदैनन सलमान

ENGLISH

ENTERTAINMENT

बाहुबलीसंग डराउदैनन सलमान

26 May, 2017 | Bhawana Pathak | 555 Views | comments

बाहुबली टु – द कन्क्लूजनले हिन्दी फिल्म उद्योगको सबै रेकर्ड तोडेर १ हजार करोडभन्दा बढि कमाई गरेको छ । तर सलमान खानको भनाई अनुसार उनले बाहुबली–टु हेरेका त छैनन् तर त्यसको विशाल कारोबारबाट आफूलाई डर नलागेको बताएका छन् ।

मुम्बईमा भएको फिल्म ‘ट्युबलाइट’ को ट्रेलर लञ्चको क्रममा बाहुबलीको कारोबारमाथि हाँस्दै टिप्पणी गर्दै सलमान खानले भने, ‘बाहुबली चार वर्षमा बनेको हो र यति कारोबार गरिरहेको छ र म दुई वर्षमा फिल्म गर्छु भने ४ वर्षमा मेरो फिल्मको औसत कमाई त्यति नै हुनेछ ।’

यस्तै फिल्म ‘ट्युबलाइट’ को टिजर र गीत पनि मानिसहरुले निकै रुचाइरहेका छन् तर सलमानले फिल्मको ट्रेलर र टिजर हेर्दा निकै दुखी हुने गरेको बताउँछन् । यो दुःखका कारण अभिनेता ओम पुरी भएको उनी बताउँछन् । स्मरण रहोस्, ओमको लगभग पाँच महिना अघि हृदयघातका कारण असामयिक निधन भएको थियो ।

ओम पुरी र सलमान खानले थुप्रै फिल्ममा सँगै काम गरेका छन् । फिल्म ‘ट्युबलाइट’ मा पनि ओम पुरीले महत्वपूर्ण भूमिका निभाएका थिए ।सलमान खानलाई फिल्मको ट्रेलर वा टिजर कस्तो लाग्यो भन्ने प्रश्न सोधियो तब उनले भने, ‘जहिले पनि फिल्मको ट्रेलरलाई हेर्छु तब ओम जीको याद आउँछ । मैले उनीसँग फिल्म खेलेको छु र अचानक एक बिहान उनी सधैंका लागि बिदा भए । पीडा र दुःख छ मलाई ।’

सलमान खानले ‘ट्युबलाईट’ फिल्ममा शारिरिक परिश्रम गर्नुपर्दैन तर भावनात्मक रुपमा फिल्मले उनलाई थकान महसुस गराएको स्विकार गरे ।कबिर खानद्वारा निर्देशित फिल्म ‘ट्युबलाइट’ २५ जूनमा रिलिज हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK