बाल्टिमोरमा पशुपतिनाथ मन्दिरको उद्घाटन

ENGLISH

NRN GLOBAL

बाल्टिमोरमा पशुपतिनाथ मन्दिरको उद्घाटन

19 June, 2018 | Kunjar Bhattarai | 1245 Views | comments

विजय थापा – बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिरको विधिवत उद्घाटन भएको छ । गत आइतबार अमेरिकाको लागि मरिससका राजदुत सुरज फोकिरको प्रमुख आतिथ्यमा  मन्दिर उद्घाटन  भएको हो ।

सर्वसाधारणका लागि पशुपतिनाथको दर्शनको लागि खुला गरिएको छ । मरिससका राजदुतले औपचारिक कार्यक्रम प्रारम्भ हुनु अगाडी देखि नै पूजा पाठमा सहभागी भई प्राण प्रतिष्ठामा समेत सहभागिता जनाएका थिए ।

साथै महा बाणिज्य दुत प्रेम राजा महत ,डा बिशाल भण्डारी ,मन्दिरका सभापति श्रीवास दास ,उपसभापति विश्वराज गौतम ,बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त ,बानाका पूर्व अध्यक्ष ,मन्दिर विकास समितिका सभापति श्रीकान्त नायक ,प्रवासी नेपाली मंच अमेरिकाका सभापति प्रभु थापा ,मन्दिर कोष वृद्धि कि संयोजक कल्पना अधिकारी लगायत बाल्टिमोर क्षेत्रका नेपाली समुदायको उपस्थितिमा शिव लिङ्गको अनावरण गरिएको थियो ।

गत जुन १० तारिख देखि १६ तारिख सम्म सप्ताहव्यापी श्रीमदभागवत महापुराण लगाईएको थियो । गत जुन १० तारिखबाट सुरु भएको महापुराण कथा नेपाल बाट आउनु भएका नेपाली कथा वाचक पण्डित सूर्य मोहन आचार्य तथा पण्डित भिमराज कोइरालाले वाचन गर्नुभएको थिया।

नेपालको पशुपतिनाथ मन्दिरको दुरुस्त भएको शिव लिङ्क मूर्ति जुन विश्व मै हिन्दु मन्दिरमा नेपालको पशुपतिनाथ बाहेक दोश्रो बाल्टिमोरमा रहेको छ ।

उक्त पशुपतिनाथ मन्दिरमा शिव लिङ्ग ,गणेश को मुर्ति तथा शिव पार्वती लगायत प्रतिमाहरु स्थापना गरि सकिएको छ । गत जुन १७ का दिन भएको समुद्घाटन समारोहको संयोजकमा डा बिशाल भण्डारी रहेका थिए ।

उद्घाटन कार्यक्रमको सभापतित्व श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दासले गरेका थिए

महा बाणिज्य दुत प्रेम राजा महत ,बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ ,प्रवासी मंच अमेरिकाका सभापति प्रभु थापा ,पशुपतिनाथ मन्दिर कोष वृद्धि कि संयोजक कल्पना अधिकारी ,बानाकि अध्यक्ष अनु श्रेष्ठ वन्त ,डा. बिशाल भण्डारी ,विश्वराज गौतम लगायतले आर्थिक सहयोग समेत गरेका छन् ।मन्दिरलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK