बाल्टिमोरमा गाईजात्रा फेस्टिवल भव्यताको साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

बाल्टिमोरमा गाईजात्रा फेस्टिवल भव्यताको साथ सम्पन्न

26 July, 2017 | Bipin Acharya | 1445 Views | comments

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गाईजात्रा उत्सव भव्यताको साथ सम्पन्न भएको छ । गाईजात्रा फेस्टिवल २०१७ नाम दिइएको उक्त कार्यक्रम गत जुलाई २३ तारिखका दिन सम्पन्न भएको हो ।

डिसी महानगर क्षेत्र वरपर का नेपाली समुदायको उपस्थिति संगै अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ,महा बाणिज्य दुत प्रेम राजा महत लगायत बाल्टिमोरका समाज सेवी डा श्याम कार्की तथा अन्य समाजसेवी तथा बिभिन्न पेशाका व्यक्तिहरुको उपस्थितिमा गाइजात्रा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कलाकारहरुमा प्रहसनका चर्चित कलाकार तथा गायक रतन सुबेदी ,आधुनिक गायक प्रमोद खरेल तथा प्रसिद्ध हास्यव्यंग्य कलाकार सन्दिप छेत्रीको बिशेष प्रस्तुति रहेको थियो ।

यसै गरि आधुनिक गीत तथा लोक गीत कि नृत्यांगना यशोदा खालिङ्ग राई तथा कृति ज्ञवाली तथा साथीहरुको बिशेष प्रस्तुति रहेको थियो । यसै गरि अतिथि कलाकारहरुमा कवि हेमन्त श्रेष्ठको गाइजात्रे व्यंग्य कविता ,कलाकार खेम शर्माको माइकल ज्याक्सनको नृत्य तथा अमेरिका बाट आफ्नो कार्यक्रम नुन चिनी पानी कार्यक्रमका प्रस्तोता अर्जुन दाहालले गरेको व्यग्यात्मक प्रस्तुति रोचक तथा मनोरंजनपूर्ण रहेको थियो ।

गाईजात्रा कार्यक्रममा प्रस्तुत गरिएको प्रधान मन्त्रि शेर बहादुर देउबा बनेका कलाकार सन्दिप छेत्री संग गरिएको अन्तर्वार्ता निकै रोचक रहेको थियो। उक्त अन्तर्वार्ता कलाकार सरोज केसीले लिएका थिए ।

लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजको निशुल्क स्वास्थ्य शिबिरको सहयोगार्थ गाई जात्रा उत्सव २०१७ को आयोजना गरिएको थियो । आयोजक को तर्फबाट विजय श्रेष्ठले गाइजात्रा गर्नुको उदेस्य बारेमा प्रकाश पर्दै अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रम पहिलो पटक गरिएको भएता पनि समुदायको ठुलो सहयोग प्राप्त भएको जानकारी आयोजक विजय श्रेष्ठले सवैलाई धन्यवाद दिएका छन् ।

प्रवेश शुल्क $ २५ डलर राखिएको थियो , भने कार्यक्रम सेन्ट पिएस एक्स चर्च बाल्टिमोरमा भएको थियो । कार्यक्रम संचालन संचारकर्मी सरोज केसीले गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK