बार्सिलोनामा युरोपभरका कलाकारहरुको जमघट हुने

ENGLISH

NRN GLOBAL

बार्सिलोनामा युरोपभरका कलाकारहरुको जमघट हुने

बसन्त रानाभाट

1 December, 2017 | Bipin Acharya | 890 Views | comments

झण्डै दुई दशक अघि नृत्य निर्देशकको रुपमा नेपाली कला क्षेत्रमा प्रबेश गरेका सन्तकुमार थापा मगर निकै उत्साहित छन्।

देश बिदेशका कार्यक्रमहरुमा आफ्नो कला देखाएर दर्शकको मन जितिसकेका कलाकार मगर आफ्नो जोडी सहित बार्सिलोना उत्रदै छन्।

मल्लिका प्रधानसँगको जोडी उनको बास्तबिक जीवनमा मात्र हैन कला क्षेत्रमा पनि जोडी कै रुपमा परिचित छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) डेनमार्कका अध्यक्ष समेत रहेका मगर आफ्नो जोडी सहितको नृत्य प्रस्तुतिलाई लिएर उत्साहित भएका हुन् ।

बिश्वभर नै आफ्नो संजाल फैलाई सकेको ईनास युरोप क्षेत्रमा झनै बढी सक्रिय देखिन्छ । युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिताहरु गर्दै ईनासले युरोपमा प्रतिभाहरुको खोजि समेत गर्दै आएको छ ।

हाल ईनास नेदरल्याण्डसकी अध्यक्ष समेत रहेकी सरिता हुमागई त्यस्तै प्रतियोगिताबाट नै उदाएकी हुन्।

सन् २०१२ मा सम्पन्न ईनास युरोपस्तरीय नृत्य प्रतियोगिताकि बिजेता हुमागईको प्रस्तुतिलाई पनि स्पेनबासी नेपालीहरुले देख्ने भएका छन्। यस्तै सन् २०१६ र सन् २०१७ का ईनास सिङगिङ्स्टाहरु सोबु केसी र शैलेस नेपालीको आवाजले पनि बार्सिलोना गुञ्जदै छ ।

डेनमार्क निवासी गायक राजमान तामाङ् युरोपमा निकै चर्चित छन् । गायक तामाङ्ले आफ्नो डेब्यु एल्बम “उत्सव”बाट ,”पुर्बमा धरान राम्रो”, “ताल पानीमा” ”हल्का हल्का नजर” लगायतका गीतहरु सुनाउन उत्साहित छन् ।

जर्मनी,डेनमार्क,,नेदरल्याण्ड,स्विट्जरल्याण्ड,नर्बे जस्ता युरोपेली मुलुकहरु पुगेर बिभिन्न कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुती राखीसकेका तामाङ् यस अघि पनि कार्यक्रमका बार्सिलोना आएका थिए।

आगामी डिसेम्बर ९ तारिख शनिबार हुने कार्यक्रममा डेनमार्कका कलाकारहरु कोपिला शाक्य,आचल सापकोटा, ईनास स्पेनको ब्याण्ड,लगायत स्थानीय कलाकारहरुको पनि प्रस्तुति दिदै छन् ।

ईनास ग्लोबलका केन्द्रिय प्रतिनिधिहरु समेत सहभागी बन्ने कार्यक्रम निशुल्क रुपमा देखाइने आयोजक ईनास स्पेनले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK